प्रमुख निर्वाचन आयुक्त यादवको घर नजिक बम विस्फोट

Bomb

ललितपुर । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको निवास छेउमा बम विस्फोट भएको छ । हरिसिद्धिमा रहेको यादवको घर नजिक विस्फोट हुँदा यादवको घरको पर्खालमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रहरी परिसर जावलाखेलका एसएसपी गणेश ऐरका अनुसार विस्फोट भएको ठाउँमा दुईवटा शंकास्पद वस्तु फेला परेका छन्।


घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ । भने विस्फोटको कारण खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस