३३ किलो सुन काण्डमा पक्राउ परे पूर्व डिआईजी निरौला

Dij gobinda

काठमाडौं । विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी भएको विषयमा अनुसन्धानका लागि भन्दै पूर्व डिआईजी गोविन्द निरौला पक्राउ परेका छन् ।

गृह मन्त्रालयको छानबिन समितिले उनलाई आइतबार पक्राउ गरेको हो । उनीमाथि सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेको आरोप पनि छ ।

तस्करहरुलाई सहयोग गरेको देखिएपछि उनलाई छानविन समितिले पक्राउ गरेको हो । उनी गत चैत २८ गते मात्रै अवकाश पाएका थिए ।

प्रतिकृया दिनुहोस