ब्यानरमा लफडैलफडा, ब्यानर झिक्दै राख्दै

१२ बजेको कार्यक्रम ४ बजे सुरु

Lelin foto 2

काठमाडौं । ‘काहीँ नभएको जात्र हाडी गाउँमा’ भनेजस्तो नेपालका दुई ठूला बामपन्थी दलले पहिलो पटक एकै मञ्चमा मनाएको नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस एकाथरीका लागि हास्यास्पद बनेको छ भने एकाथरीका लागि निरासाजनक बनेको छ ।

राष्ट्रिय सभा गृहमा १२ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम स्थलमा राखिएको ब्यानरमा लेनिनको तस्विर नराख्दा रडाको मच्चियो । यसले एकताको पक्षमा लागेका कार्यकर्तालाई निरास तुल्याइदिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको ६७औं स्थापना स्थापना दिवस तथा लेनिन जयन्ती मनाएर कार्यकर्तालाई एकताबाट कहिले नआत्तिन आग्रह गर्ने गरी संयुक्त रुपमा मनाउने तय भएको थियो ।

तर, दुर्भाग्य, एकताको सन्देश फैलाउने उद्घोष गर्ने भनिएकै दिन राष्ट्रिय सभा गृहको हल खचाखच हुँदा लेलिनको तस्बिर लफडाले दुबै पार्टीका अध्यक्षले गल्ती स्वीकार्नुप¥यो ।

यतिसम्मकी ब्यानरको लफडाले कार्यक्रम निर्धारित समयभन्दा ४ घण्टा ढिलो सुरु भयो । कार्यक्रम स्थलमा लेनिनको फोटो राखिएको ब्यानर पनि राखेर कार्यक्रम ४ बज्न लाग्दा मात्रै सुर गरिएको छ ।

नयाँ ब्यानर राखेपछि मात्र कार्यक्रम हुन दिने बताएका कार्यकर्ताहरुले अन्तिम समयमा लेनिनको फोटो ब्यानरमा होइन, मञ्च अगाडी राख्दा पनि चित्त बुझाउनुपर्ने बअवस्था आयो । यसले लोकलाई हसाएको मात्रै छैन, एकता विरोधीलाई बल पु¥याइदिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको ६७औं स्थापना स्थापना दिवस तथा लेनिन जयन्ती कै दिन कार्यकर्ताहरुका लागि ‘नुन नहालेको तरकारी’ झै बन्यो । यसलाई कतिपयले एकता नहुने संकेतको रुपमा हेर्न सकिने विष्लेषण गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...