लेनिनको फोटो लफडाले अझैं सुरु भएन कार्यक्रम

Lelin 1

काठमाडौं । नेकपा एमाले र एमाओवादी केन्द्रले राष्ट्रिय सभा गृहमा संयुक्त रुपमा गर्ने भनिएको कार्यक्रम अझैं सुरु भएको छैन ।

नेपाल कम्युनिस्ट पार्टीको ६७औं स्थापना स्थापना दिवस तथा लेनिन जयन्ती संयुक्त रुपमा मनाउने गरी कार्यक्रम तय भएको भए पनि ब्यानरमा लेनिनको फोटो नभएपछि केहीबेर नारावाजी भएको थियो ।

सभागृह केही बेर तनावग्रस्त बनेपछि अझैं कार्यक्रम सुरु हुन सकेको छैन । कार्यकर्ताहरुले लेलिनको फोटो नराखी कार्यक्रम गर्न नदिने बताएपछि यो समाचार तयार पार्दासम्म कार्यक्रम सुरु हुन सकिरहेको छैन ।

कार्यक्रम स्थलमा नाराबाजी गरिरहेका ब्यानर अनेरास्ववियुका महासचिव ऐन महरल ब्यानर बिना कार्यक्रम गर्न नदिने उद्घोष गरेपछि कार्यक्रम स्थल तनावग्रस्त बनेको थियो ।

सभा गृहमा दुबै पार्टीका शीर्ष नेताहरु पुगिसकेका छन् । तर लेनिनको फोटो राखिएको ब्यानर नआइपुगेका कारण कार्यक्रम सुरु हुन सकेको छैन ।
पहिलो ब्यानरमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र एमाले नेताद्वय मनमोहन अधिकारी र मदन भण्डारीको मात्र तस्वीर थियो । ब्यानरमा केपी ओली र प्रचण्डका ठूला तस्वीर थिए ।

लेनिन ओवादीले आफ्नो कार्यक्रममा कार्ल माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओको तस्वीर राख्ने गरेको छ ।

प्रतिकृया दिनुहोस