अकुत सम्पत्तिमा माओवादीका नेता र कर्मचारीले पाए अख्तियारबाट ‘क्लिन चिट’

Janardan shrama

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धेरै नेता र उच्च पदस्थ अधिकारीहरु विरुद्धको अकुत सम्पत्ति मुद्दामा क्लिन चिट दिएको छ ।

पूर्वस्वास्थ्यमन्त्री एवं बहालवाला शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पूर्वऊर्जामन्त्री जनार्दन शर्मा र सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठसहित ५० जनालाई भ्रष्टाचार र अकुत सम्पत्तिको आरोपमा आयोगले सफाइ दिएको हो ।

सफाइ पाउनेमा पूर्वएआईजी, महानिर्देशक, विश्वविद्यालयका उपकुलपतिसमेत छन् ।

पूर्वस्वास्थ्यमन्त्री पोखरेलमाथि त्रिभुवन विश्वविद्यालयले एमबीबीएस भर्नाका लागि लिएको प्रवेश परीक्षामा भएको अनियमिततामा संलग्न भएको आरोप लगाइएको थियो ।

पोखरेलको संलग्नतामा प्रश्नपत्र गोपनीयता भंग भएको भन्दै छानबिन गर्न माग गरिएको थियो । तर उनलाई अख्तियारले क्लिन चिट दिएको छ ।

यस्तै बूढीगण्डकी जलविद्युत्त आयोजनाको विस्तृत अध्ययनका लागि प्रस्ताव पेश गरेका २४ ठेकेदार कम्पनीमध्ये मूल्यांकन समितिको अन्तिम सिफारिसमा परेका ६ कम्पनीबाट बिनाआधार स्वेच्छाचारी रुपमा शर्मा नेतृत्वको ऊर्जा मन्त्रालय र विद्युत्त प्राधिकरण समतिले तीनवटालाई अयोग्य घोषित गरिएको भन्दै अख्तियारमा मुद्दा परेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...