कहाँबाट आयो इन्धन बोक्ने ट्यांकरभित्र गाँजाको पोकैपोका ?

Indhan tankar

काठमाडौं । लागू औषधका कारोवारीहरुले के सम्म गर्दा रहेनछन् र ? एम्बुलेन्स र इन्धन बोक्ने ट्यांकरको प्रयोग गरेर गाँजााके पोका ओसारिन्छ होला भनेर कसले पत्याउँछ र ? तर, अचेल त्यस्तै हुन थालेको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ब्यूरोले इन्धन बोक्ने ट्यांकरभित्र क्याबिनमा १६० केजी गाँजा पक्राउ गरेपछि लागू औषधका कारोवारीहरुले आफ्नो रुट परिवर्तन गरेको रहस्य खुलेको छ ।

प्रहरीका अनुसार ७ वटा प्लाष्टिकको बोरामा प्याक गरेर गाँजा तस्करी गरिएको हो । इन्धन बोक्ने ट्यांकभित्र लुकाएर लागूऔषध गाँजा तस्करी हुन थालेको खुलेको हो ।

ब्यूरोले मकवानपुरको थाहा नगरपालिका–११ का सोमबहादुर थोकर र कैलाश गाउँपालिका–२ का इमानसिंह स्याङ्बोलाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौंको चन्द्रगिरी–२, झ्याप्ले खोलाबाट १६० केजी गाँजा पक्राउ गरेपछि अति संवेदनशील साधनको प्रयोग गरी लागू औषध काठमाडौं भित्रिने गरेको तथ्य खुलेको हो ।

कहाँ जान्छ त गाँजा ?
नेपालमै पनि गाँजा सेवन गर्नेहरु धेरै छन् । उनीहरुले लुकीछिपी अवैध कारोवार गर्ने गरेको पाइन्छ । तर, प्रहरीले इन्धन बोक्ने ट्यांकरबाट पक्राउ गरेको सो गाँजा भने भने भारततर्फ लान खोजिएको छ ।

ब्यूरोका प्रमुख डिआईजी ठूले राईका अनुसार गाँजा सर्लाहीको मलंगवा हुँदै भारततर्फ निकासी गर्न लागिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका दुई जना लामो समयदेखि गाँजाको कारोबारमा संलग्न रहेको ब्यूरोले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...