कविता : सम्झनामा आमा

Sushila lohani

खै कसरी तिरु आमा
दश धारा दुध पिलाएको ऋण
फर्किएनन् आमा तिम्ले
स्वर्णिम मायाले बोलाएको दिन ।

लाएको फरियाँ च्यातेर
मलाई न्यानो दिलाए
ताजै छन् आमा
तिमी नाङ्गिएर मेरो आङ ढाकेको
अनि ताजै छ
आफ्नो भोको पेट भर्न नपाउँदै
मेरो पेट भर्न खोजेको ।

सम्झना आउँछ हात समातेर डुलाएको
मन, मस्तिष्क र चेतना भरिदिएको
तर,
ति दिन अब फेरि फर्किने छैन
र, भुलेको पनि छैन पीडादायी ति दिन 

आमा !
म ति दिनको सम्झनामा छु
जुन दिन
मेरो बाल्यपनमा माया खोसियो
साथ खोसियो
गास खोसियो
र मात्रृत्व खोसियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

विकासपछि बिनास : सडक आयो खुसी ल्यायो, मुहान सुक्यो दुःख थप्यो

Pyuthan muha sukyo

प्युठान । गत वर्ष गाउँमा सडक पुग्दा ऐरावती २ कुमाल टाकुराका स्थानीय निक्कै हर्षित बने । गाउँपालिक...