‘डमरुको डन्डीबियो’को प्रदर्शन वैशाख २१ देखि (ट्रेलरसहित)

Dandibio (2)


धरान । चलचित्र ‘डमरुको डन्डीबियो’ यही वैशाख २१ गते देखि प्रदर्शनमा आउने भएको छ ।

धरानमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरी सो चलचित्रको प्रदर्शनी मितिबारे चलचित्रका निर्माता बिनोद गुरुङले जानकारी दिए । छेतेन गुरुङको निर्देशन रहेको चलचित्र डमरुको डन्डीबियोमा अभिनेता खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको छ ।

डन्डीबियो खेलको पृष्ठभूमिमा बाबु र छोराबीचको सम्बन्ध र द्वन्द्वलाई पस्किन खोजिएको फिल्मको पटकथा पाँच वटा नेपाली चलचित्र बनाईसकेका अभिनेता लामिछाने स्वयंले लेखेका हुन् ।

समृद्धि इन्टरटेनमेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानी रहेको चलचित्रमा मेनुका प्रधान, अनुप बराल, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतकको अभिनय रहेको छ ।

प्रितम पाण्डेको सम्पादन रहेको फिल्ममा कालीप्रसाद बासकोटाको संगीत र हरि हुमागाईको छायांकन रहेको छ । चलचित्र २ घण्टा १५ मिनेटको रहेको निर्माण पक्षले जनाएको छ ।

करिब १ करोडको लगानीमा निर्माण गरीएको चलचित्रको लम्जुङको घले गाउँ र काठमाडौंमा छायाङ्कन गरिएको छ ।

https://youtu.be/1dgGWN8-7Fc

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...