‘डमरुको डन्डीबियो’ को प्रदर्शन वैशाख २१ देखि (ट्रेलरसहित)

Dandibio (2)

धरान । डन्डीबियो खेलको पृष्ठभूमिमा बाबु र छोराबीचको सम्बन्ध र द्वन्द्वलाई केलाउन खोजेको चलचित्र ‘डमरुको डन्डीबियो’ यही वेशाख २१ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

धरानमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरी सो चलचित्रको प्रदर्शनी मितिबारे चलचित्रका निर्माता बिनोद गुरुङले जानकारी दिए । अभिनेता खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

समृद्धि इन्टरटेनमेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानी रहेको चलचित्रमा मेनुका प्रधान, अनुप बराल, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतकको अभिनय रहेको छ । फिल्मको पटकथा अभिनेता लामिछाने स्वयंले लेखेका हुन् ।

 प्रितम पाण्डेको सम्पादन रहेको फिल्ममा कालीप्रसाद बासकोटाको संगीत र हरि हुमागाईको छायांकन रहेको छ । चलचित्र २ घण्टा १५ मिनेटको रहेको निर्माण पक्षले जनाएको छ ।

करिब १ करोडको लगानीमा निर्माण गरीएको चलचित्रको लम्जुङको घले गाउँ र काठमाडौंमा छायाङ्कन गरिएको छ ।

https://youtu.be/1dgGWN8-7Fc

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...