सुजनलाई कसले कसरी जिउन सिकायो ? हेर्नुस् भिडियो

Suzan baraili

काठमाडौं । जसको कला छ, उ सधैं सबैको प्रिय बन्छ । जसको गला छ, उ सधैं गायन मै रहन्छ । मिठा मिठा गीत संगीत पस्कि रहन्छ । आफ्ना स्रोतालाई केही न केही मनोरञ्जन दिइरहन्छ ।

१५ वर्षदेखि नेपाली लोक दोहोरीको क्षेत्रमा लागेका सुजन बराइली आफ्नो कला र गला कै कारण नेपाली सांगीतिक दुनियामा छुट्टै पहिचान बनाउन सफल भएका छन् । उनले झण्डै डेढ दर्जनभन्दा बढीमा गीतमा स्वर दिएका छन् भने त्यति नै संख्यामा संगीत भरेका छन् ।

पर्वत जिल्लाको मल्लाजमा २०४१ मा जन्मिएका बराइलीले यतिवेला लोक दोहोरीका पारखीहरुका लागि नयाँ लोक दोहोरी गीत ल्याएका छन् । उनले भर्खरै बजार ल्याएको ‘जिउन सिकायो’ बोलको गीतले बजार तताएको छ । ‘जिउन सिकायो’ बोलको गीतमा उनलाई पूर्णकला बिसीले साथ दिएकी छन् ।

‘जिउन सिकायो’ सुजन आफैँले लय तथा शब्द सिर्जना गरेका हुन् । यो गीतलाई मल्लाजी म्युजिकले बजारमा ल्याएको हो । नसामा पनि जिउन सिकिन्छ भन्ने सन्देश बोकेको सो गीतको म्युजिक भिडियोलाई जीवन सेन्चुरीले निर्देशन गरेका छन् । यसमा सुजन, दुर्गामाया, सुवास लगायतलाई म्युजिक भिडियोमा देख्न सकिन्छ ।

सुजन कलाकार मात्रै होइन, समाजसेवी पनि हुन् । उनी सामाजिक सेवामा पनि उत्तिकै लागेका छन् । अनाथ, असहाय, गरिब र दुःखी बालबालिकाहरुलाई सहयोग गर्दै आइरहेका छन् । त्यही भएर उनी धेरै पटक सम्मानित पनि भइसकेका छन् । देशविदेश घुमेका छन् ।

गीतको म्युजिक भिडियो एउटा भट्टी पसलमा छायांकन गरिएको छ । दृष्य हेर्दा जड्याहा जस्तो देखिए पनि यसभित्र पीडा छन्, वेदना छन् । उनले आफ्नो नयाँ गीत ‘जीउन सिकायो’ मा पनि जीउनलाई मान्छेले केके गर्नुपर्छ ? कस्ता कस्ता समस्या झेल्नुपर्छ ? लगायतका पीडा र वेदना पोखेका छन् ।

Video

प्रतिकृया दिनुहोस