नेपाली भुभागबाट अपहरण शैलीमा माओवादी नेता तिवारीलाई किन लग्यो भारतीय प्रहरीले ?

Sbi 29

कपिलबस्तु । नेपाली नागरिकलाई कुनै देशले मुद्दा लगाएको भए उसको भूमीबाट पक्राउ गर्न सक्छ । तर, कपिलबस्तुमा नेपाली नागरिकलाई नेपाली भूमीबाटै अपहरण शैलीमा पक्राउ गरेको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्यसमेत रहेका सुशीलकुमार तिवारीलाई भारतीय प्रहरीले सोमबार दिउँसो माओवादीको जिल्ला पार्टी कार्यालय नजिकैबाट पक्राउ गरेको छ ।

कपिलवस्तु नगरपालिका वडा नं. ३ स्थित घरबाट पार्टी कार्यालय पुगेका तिवारी केही समयपछि सम्पर्कविहीन भएपछि आफन्तले उनको खोजी कार्य थालेका थिए ।

मंगलबार दिउँसो १ बजेदेखि बेपत्ता भएका तिवारीको खोजीका लागि बुधबार दिउँसो कपिलबस्तुमा उनकी पत्नी सीताले पत्रकार सम्मेलन गरिन् । तिवारीका परिवारले जिल्ला प्रहरी कार्यालयमा उनको खोज तलासका लागि उजुरी पनि गरेका छन् ।

दिनदहाडै नेपाली भूभागमा नेपाली नागरिक भारतीय सुरक्षाकर्मीको अपहरणमा पर्नुले यस क्षेत्रको सुरक्षा व्यवस्थालाई चुनौतीसमेत थपिदिएको जिल्लावासीले गुनासो गर्न थालेका छन् ।

के थियो मुद्दा ?
तिवारीलाई अपहरणमा परेका तिवारी उपर भारततर्फ लागू औषधसम्बन्धी मुद्धा दर्ता भएको भारतीय प्रहरीले दावी गरेको छ ।

८ वर्षअघि तिवारीलाई लागू औषध काण्डमा पक्राउ गरेको थियो । त्यसबेला अदालत लैजादै गर्दा भएको गाडी दुर्घटना हुँदा तिवारी फरार भएका थिए । त्यसयता भारतीय प्रहरीले उनको खोजी गर्दै आएको थियो ।

तिवारीलाई पक्राउ गर्नेलाई ५० हजार पुरस्कारको व्यवस्था पनि गरिएको दावी गरेको छ । भारतीय प्रहरीद्धारा पक्राउ गरिएका तिवारीलाई लागू औषधसम्बन्धी मुद्धा रहेको दावी गरिएको भए पनि अन्य विवरण भने खुलाएको छैन ।

गोरखपुर प्रहरीको निर्देशनमा सीमामा रहेको भारतीय प्रहरीले पक्राउ गरेको हो । तिवारीलाई अहिले सिद्धार्थ नगर प्रहरी थानामै रहेको पत्रकार सम्मेलनमा जनाइएको छ ।

सहयोगको याचना
बुधबार तिवारीका आफन्तले भारतीय प्रहरीको गिरफ्तारीमा परेका सुशील तिवारीलाई रिहा गर्न आग्रह गरे । तिवारी पत्नी सीताले विना कारण अपहरण शैलीमा पक्राउ परेका आफ्ना पतिको जीवन रक्षाको अपील गरेकी छन् । सिताले आफ्नो पतिको जीवन रक्षा गरिदिन नेपाल सरकार, मानवअधिकारकर्मी र पत्रकारहरु समक्ष अपिल गरिन् ।

‘भारतीय प्रहरीले नेपालमा आएर अपहरण शैलीमा पक्राउ गरेको छ’ सुशीलका दाई अनिल तिवारीले निशान न्युजसँग भने, ‘नेपाली भूमीबाट दिनदहाडै नेपाली नगारिकलाई पक्राउ गरेर लैजानु नेपालकै लागि लज्जास्पद छ ।’

कानुनको उल्लंघन
तिवारी पक्राउ परेको स्थल नेपाली भूभाग हो । तौतिहवा जिल्ला प्रशाषन कार्यालयबाट १२ किलोमिटर टाढाको दुरीमा छ सीमाना । अन्तर्राष्ट्रिय कानुनमा त्यसरी अर्काको भूमीमा गएर पक्राउ गर्न पाइदैन ।

तर भारतीय प्रहरीले नांगो हस्तक्षेप गर्दै अपहरण शैलीमा नेपाली नागरिकलाई पक्राउ गर्दा पनि नेपाली प्रशाषन भने मौन देखिएको छ । यसले नेपालको सुरक्षा व्यवस्था कमजोर रहेको आँकलन त्यसै पनि गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...