सार्क क्षेत्रको लागुऔषध र आतंकवाद नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक
काठमाडौँ । सार्क क्षेत्रको लागुऔषध र आतंकवाद नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको छ ।
गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको एघारौँ सार्क सुरक्षाकर्मी बैठक तथा छैटौँ सार्क लागूऔषध तथा आतंकवाद अनुगमन डेक्सको बैठकमा गृहसचिव प्रेमकुमार राईले कुनै पनि एक देशले मात्र लागुऔषध र आतंकवाद समस्या समाधान गर्न नसक्ने बताए । ‘स्थायित्व र विकासका लागि सबै सँगसँगै मिलेर अगाडि बढौँ,’– उनले भने ।
उनले लागुऔषध र आतंकवादसम्बन्धी बनेको ऐन कानूनलाई कार्यान्वयन गर्नुपर्ने बताए । सार्कका महासचिव अमजद हुसेन बी सियालले सार्क क्षेत्रको सुरक्षाका लागि बैठकले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले सामूहिक सुरक्षा चुनौतीलाई समाधान गर्न सामूहिक प्रयासको खाँचो रहेको औँल्याए ।
नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले सार्क क्षेत्रको शान्ति र सुरक्षाका लागि नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । शान्ति सुरक्षा र दिगो विकासका लागि सबै एकजुट हुनुपर्ने बताए ।
हिजो र आज चलेको बैठकमा सार्क क्षेत्रको आतंकवाद, लागुऔषध र सुरक्षाबारे श्रीलंकाले प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल हुने र निष्कर्ष निकाल्ने गृह मन्त्रालयका उपसचिव मुनका न्यौपानेले जानकारी दिए ।
बैठकमा नेपालबाट १२, भारत चार, श्रीलंका तीन, बंगलादेश दुई, मालल्भिस दुई, पाकिस्तान एक, र भुटानका एक प्रतिनिधिको सहभागिता रहेको छ ।
सम्बन्धित समाचार
मासिंदै छन् काठमाडौंका सडकपेटी, हिड्नै समस्या (तस्वीरहरू)
काठमाडौं । महानगरजस्ता ठूला शहरमा पैदल यात्रीको सहजता तथा सुविधाका निम्ति सडकपेटीको व्यवस्था गरिए...
अर्घाखाँचीको धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ । आगो अहिले पनि न...
धनकुटामा खानेपानीको समस्या हुन दिन्नँ : खानेपानी मन्त्री राई
काठमाडौं । खानेपानी राजेन्द्रकुमार राईले यो वर्षदेखि धनकुटाका कुनै पनि स्थानमा खानेपानीको समस्या ...
काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार
गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...
सुदूरपश्चिममा दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त, राजनीतिक संकट उस्तै
धनगडी । नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता दीर्घ सोडारी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त...
कांग्रेस नेता खड्काको बदमासी : खड्काले हडपेको स्काउटको जग्गामा प्रशासनको शिलबन्दी
काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य दीपक खड्काले हडपेको स्वयंसेवी संस्था न...
तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने
काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...
प्रतिकृया दिनुहोस