विदा कटौती गरिएकोमा किन आपत्ति ?

Dr. prakash chandra

काठमाडौं । सरकारले सार्वजनिक विदा कटौती गर्न लागेकोमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले आपत्ति जनाएको छ ।

एराप्रपा (राष्ट्रवादी) ले लामो कालखण्डपछि प्राप्त गरेको राष्ट्रिय महत्वका चाडपर्व र अन्य दिनका विदासमेत कटौती गरिएकोमा आपत्ति जनाएको हो ।

पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आइतवार विज्ञप्ती जारी गर्दै सरकारले जहानीय राणा शाषनका विरुद्ध लामो संघर्षपछि प्राप्त गरेको ऐतिहासिक उपलब्धीको सम्झना गर्ने दिन भुलेको आरोप लगाएका छन् । उनले २००७ साल फागुन ७ गते जस्तो महत्वपूर्ण दिनको विदा कटौती गर्नु जायज नभएको बताएका छन् ।

‘नेपाली जनताको सर्वोच्च अवधारणाजग हालिएको फागुन ७ मा दिने विदा कटाउनु प्रजातान्त्रिक अवधारण र नेपाली जनताको अपमान हो’ विज्ञप्तीमा भनिएको छ ।

सो पार्टीले पुस २७ मा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्म दिनको दिन दिँदै आएको विदा कटौती नगर्न माग पनि गरेको छ । सो पार्टीले दुवै दिन विदा कटौती गर्नु नेपाली जनताको अपमान हुने पनि ठहर गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...