सरकारी आवास गृह नहुँदा हिंसा बाट पिडित महिला अलपत्र

Mahila

ललितपुर । सरकारी आवास गृह नहुँदा हिंसा बाट पिडित महिला अलपत्रमा परेका छन् ।

स्थानीयवासीले प्रहरीलाई बुझाउँछन तर हामीले कहाँ राख्ने भन्ने समस्या भएको महिला सेलकी प्रमुख प्रहरी निरीक्षक चञ्चला श्रेष्ठले बताइन ।आवास नहुँदा उनीहरुलाई एकरदुई रात ब्यारेकमा नै राख्नुपरिरहेको उनको भनाइ छ ।

स्थानीयवासीले बाटोबाट हामीकहाँ ल्याएपछि गैरसरकारी संस्थामा पठाउन खोज्छौ तर गैरसरकारी संस्थाले कहिले आफ्नो क्षेत्रमा नपर्ने, कहिले खाली नभएको र कहिले कार्यालय समयमा मात्रै लिनसक्ने भन्दै बेवारिसे मान्छे लिन गाह्रो मान्ने गरेको जानकारी उनले बताइन ।

जिल्लामा सरकारद्धारा सञ्चालित आवास गृह नहुँदा प्रहरीलाई अलपत्रमा परेका महिला तथा बालबालिकाको व्यवस्थापन कठिन भएको हो । मानसिक अस्पताल लगनखेलमा भएकाले पनि लगनखेल–जावलाखेल सडकखण्डमा मानसिक रोगी महिनामा तीन चारजनासम्म भेटिन्छन् । ब्यारेकमा राखौँ भनेपनि दिनभर काम गरेर फर्किएका महिला प्रहरीले राम्रोसँग आराम गर्न पाउँदैनन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...