समृद्धि र विकास अबको आवश्यकता : अध्यक्ष तिमिल्सिना

Ganesh timaldsena

पोखरा । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले समृद्धि र विकास अबको आवश्यकता भएको बताए ।

नेपाल पत्रकार महासंघ कास्कीद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उनले जनतालाई समृद्धिका माध्यमबाट खुसी र सुखी बनाउनु वर्तमान सरकारको प्रमुख दायित्व भएको बताए । अध्यक्ष तिमिल्सिनाले रिबन काट्ने र भाषणबाट नभै जनतालाई कसरी समृद्ध बनाउन सकिन्छ भनी सोच्नुपर्ने बेला आएको उल्लेख गरे ।

“संघीय संसद्ले छिटोभन्दा छिटो कानून बनाएर प्रदेश सरकारलाई बुझाउन सक्यो भने विकास र समृद्धिका कार्य छिटो अगाडि बढ्न सक्छन्,” उनले भने, “पाँच वर्षको अवधिमा नेपाली जनताले समृद्धिको महसुस गर्ने अवस्था सिर्जना गर्नु अपरिहार्य छ ।” देशको अर्थतन्त्र घाटामा रहेको बताउँदै उनले करको दायरा बढाएर विकासका योजना अगाडि बढाउनुपर्नेमा जोड दिए ।

भ्रष्टाचार न्यूनीकरण गर्दै आम नागरिकलाई सुशासन दिन सक्नुपर्नेमा उनको जोड छ । देशमा विधिको शासन हुनुपर्नेमा जोड दिँदै उनले जनतालाई अधिकार सम्पन्न बनाउँदै न्याय एवं सुशासनपूर्ण वातावरणको प्रत्यक्ष अनुभूति गर्न पाउनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बोल्नेभन्दा काम गरेर देखाउने समय आएको बताउँदै अब जनताले कामप्रति चासो दिन थालेको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...