मापसे गर्ने १५ लाखभन्दा बढी चालक कारबाहीमा

Checking police

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन मापसे गरी सवारी चलाउने १५ लाख ८ हजार ५ सय जनालाई कारबाही गरेको छ ।

महाशाखाले विसं २०६९ मंसिर २२ गतेदेखि हालसम्म उपत्यकामा विभिन्न समयमा मापसे गरी सवारी चलाउने चालकलाई कारबाही गरेको हो ।

जसमध्ये पहिलोपटक १२ लाख ३४९, दोस्रो २५ हजार ४६१, तेस्रो ८ हजार ३४१, चौंथो २ हजार ९२६ र पाँचौँ पटक एक हजार ४९ चालक कारबाहीमा परेका छन् । जसमध्ये ३८३ चालक निलम्बनमा परेका छन् । एउटै चालकले ५ पटकसम्म मापसे गरेर छैँटो पटक पनि मापसेमा परे उसको सवारी अनुमतिपत्र लाइसेन्स निलम्बन हुने व्यवस्था छ ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले मापसे गरी सवारी चलाउदा दुर्घटनाका संख्या वृद्धि हुँदै गएकाले महाशाखाले मापसेमा कडाइ गरेको बताए । ‘उपत्यकाका साँघुरा सडक मापसे गरी सवारी चलाउँदा धेरै दुर्घटना भएको छ,’– उनले भने । महाशाखाले मापसे सेवन गरी सवारी चलाउनेलाई १ हजार जरिवाना र सडक सुरक्षासम्बन्धी प्रशिक्षण दिने व्यवस्था गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...