पत्रकार महासंघ झापाका अध्यक्ष सापकोटालाई पितृशोक

Zzz

झापा । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटालाई पितृशोक परेको छ ।

उनका ८१ वर्षीय बुबा युवनाथ सापकोटाको आज दिउँसो निधन भएको हो । शिवसताक्षी नगरपालिका – ७ चन्द्रडाँगी निवासी सापकोटा केही समयदेखि अस्वास्थ्य थिए । मृतक सापकोटाका दुई श्रीमती दिलकुमारी र होमादेवी सहित ५ छोरा र दुई छोरी रहेका छन् ।

अध्यक्ष सापकोटा उनको कान्छा छोरा हुन । मृतक सापकोटाको आज अपराह्न ४ बजे कनकाई माइमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस