अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा

Bp

सिन्धुली । सडकमा इँटा बोकेको ट्रक पल्टिँदा अवरुद्ध बनेको बिपी राजमार्ग अहिले सञ्चालनमा आएको छ ।

सडकमा पल्टिएको ट्रकलाई पन्छाइएपछि राजमार्ग सञ्चालनमा आएको हो । सुनकोसी गाउँपालिका– ६ चैनपुरमा गएराति इँटा लोड गरिएको बा५ख ३३४७ नं को ट्रक पल्टिएपछि राजमार्ग अवरुद्ध भएको थियो ।

ट्रक पन्छाउन खुर्कोट, बनेपा सूर्यविनायक सडक आयोजनाको क्रेन मगाइएको सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख चन्द्रफाजु श्रेष्ठले जानकारी दिनुभयो । बिपी राजमार्गमा दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू गरिएको छ ।

 

प्रतिकृया दिनुहोस