आगलागीबाट पन्ध्र लाखको क्षति

Aagalagi photo2

खोटाङ । भान्छा कोठाबाट सल्किएको आगोले घर जल्दा १५ लाखको क्षति भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका बकसमणि राईको घरमा आगलागी हुँदा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् ।

घरमा कोही नभएको समयमा सोमबार राति आगलागी हुँदा ३ तले घर तथा घरमा राखिएको नगद ५० हजार, बिक्री गर्न राखिएको छ मन अलैँंची, अन्नपात, लत्ताकपडा, भाँडाकुडा र काठपात जलेर नष्ट भएको स्थानीयवासी हर्कराज राईले जानकारी दिए ।

स्थानीयवासीले करि ३ तीन घण्टापछि आगो निभाएका थिए । अहिले राई परिवारको बिचल्ली भएको छ ।

प्रतिकृया दिनुहोस