मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने : प्रधानमन्त्री ओली

K.p. oli abc

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताए ।  राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारसँगको कुराकानीमा उहाँले सम्बन्धित दलहरुसँग छलफल चलिरहेको र चाँडै सरकारले पूर्णता पाउने बताएका हुन ।

प्रधानमन्त्री ओलीले विभिन्न चरणका निर्वाचन सम्पन्न भए पनि संक्रमणकालका केही विकृत प्रवृत्ति कायम रहेकाले सुशासन र समृद्धिको दिशामा अघि बढ्न केही चुनौती भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत बनाउन आफूहरु प्रयत्नशील रहने बताए ।

संविधान र कानून बमोजिम संवैधानिक अंगहरुलाई निष्पक्ष र विवादरहित बनाउनुपर्ने भएकाले कतिपय अवस्थामा विभाजित बनाउने प्रवृत्ति पनि निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

महिलाका अति संबेदनशील समस्याहरु : ‘भन्दा लाज लाग्ने, नभन्दा समस्या बढ्दै जाने’

Mahila

काठमाडौं । योनि चिलाउने : यो महिलाहरुमा हुने सामान्य समस्या हो । भन्नपनि लाज लाग्ने, नभन्दा समस्य...