चौधरी परिवारमा फर्कियो खुसी,दुई बर्षीया बालिकाको टाउकोको निःशुल्क शल्यक्रिया

Nobal

विराटनगर । दुई बर्षअघि जन्मिएकी छोरीको टाउको अस्वभाविक रुपमा ठुलो हुँदै गएपछि चिन्तित बनेका झापा दमकका सुवास कुमार चौधरीको परिवारमा अहिले पुनः खुशी फर्किएको छ ।

बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले दुई बर्षीया बालिका पवित्रा चौधरीको टाउकोको शल्यक्रिया निःशुल्क गरेपछि चौधरी परिवारमा दुई बर्षपछि पुनः खुशी फर्किएको हो ।

दयनीय आर्थिक अवस्थाका चौधरीलाई छोरीको उपचार कसरी गर्ने भन्ने चिन्ताले पिरोलेको थियो । तर, चौधरी परिवारको यो पीडालाई नोबेल अस्पतालले खुशीमा बदलिदिएको छ । छोरीको सफल शल्यक्रियापछि हर्षित मुद्रामा देखिएका चौधरीले नोबेल अस्पताल प्रति कृतज्ञ हुँदै भने ‘विरामीको उपचार गर्ने मात्र हैन, गरिवको पीडामा मल्हम लगाउँने अस्पताल पनि रहेछ ।’

दमक–७ घर भएका सुवास र मिना चौधरीको दोस्रो सन्तानका रुपमा जन्मिएकी पवित्राको टाउको जन्मजात नै सामान्य बच्चाको भन्दा ठुलो थियो । त्यसपश्चात अस्वभाविक रुपमा टाउकोको आकार बढ्दै गयो । अन्ततः बच्चाको शरिर भन्दा टाउको ठुलो भएपछि विहान बेलुकाको छाक टार्न धौधौ हुने चौधरी परिवारलाई छोरीको ज्यान कसरी बचाउने अर्को चिन्ताले पिरोल्यो ।

सुवास र मिनाले छोरीको ज्यान बचाउन धेरैलाई हार गुहार गरे, धेरै अस्पताल क्लिनिकमा देखाए । जतिठाउँ गएपनि सबैले महंगो उपचार गर्नुपर्छ भनेरै तर्र्र्साइदिए । कतिले छोरीको ज्यानको आश मार्न समेत भने । यस्तो अवस्थामा चौधरी परिवार दिनरात पिडामा बस्नुको विकल्प थिएन ।

केहि साता अघि झापा दमकका स्थानीय संघसस्था, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी लगायतले चौधरी परिवारलाई बालिकालाई नोबेल अस्पतालसम्म ल्याउँन सहयोग गरे । दमक–७ की वडा सदस्य गायत्रा रेग्मी, लायन्स क्लव अफ माउन्ट एभरेष्ट दमकका अध्यक्ष रुद्र गौतम, उप–मेयर गीता अधिकारी, सञ्चारकर्मी बिष्णु पोख्रेल लगायतको पहलमा बालिकालाई नोबेल अस्पतालमा ल्र्याइयो ।

यस अघिपनि हजारौँ गरिब निमुखा परिवारलाई निःशुल्क स्वास्थ्योपचार गरेको नोवेलले चौधरी परिवारको अवस्था देखेर बालिका पवित्राको निःशुल्क अप्रेसन गरिदियो । अहिले चौधरीको परिवारमा नोवेल हस्पिटलका कारण खुसी फर्किएको छ ।

नोबेलले निःशुल्क शल्यक्रिया गर्दिएपछि छोरीको ज्यान बचेको भन्दै चौधरीले खुशी व्यक्त गरे । ‘पैसा नभएकाले छोरीको ज्यान जोगाउँन सक्छु भन्ने लागेको थिएन ।’ खुशी हुँदै चौधरीले भने–‘नोबेलले निःशुल्क अप्रेसन गरेर छोरीको ज्यान बचाईदियो, टाउँकोमा बर्षौदेखि बोकेको भारी नै बिसाएजस्तो भयो ।’

यता बालिकाकी आमा मिनाले पनि निःशुल्क अप्रेसन गरेर छोरीको ज्यान बचाएर नोबेल अस्पतालले गुन लगाएको प्रतिक्रिया दिईन् । पैसा नहुँदा छोरीलाई उपचारका लागि कतै लैजान नसकेको बिगतको पीडा सुनाउँदै मिनाले भनिन् ‘धन्न नोबेलले दया गर्दिनाले छोरीको ज्यान बच्यो ।’

दयनीय आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेको थाहा पाएर शल्यक्रिया निःशुल्क गरिएको नोबेल अस्पतालकी प्रबन्ध निर्देशक इन्दिरा शर्माले बताईन् । ‘बिरामीको अवस्था हेरी हामीले निःशुल्क उपचार गर्ने गरेका छौ ।’ शर्माले भनिन्–‘नोबेल अस्पताल नाफामुखी हैन सेवामुखी भावले अघि बढिरहेको छ ।’

अप्रेसन पछि अहिले बच्चाको टाउकोको आकार घट्दै गएको छ । बच्चामा हाईड्रोसेफालस अर्थात टाउकोमा पानी जमेर यस्तो समस्या भएको नोबेल अस्पतालका न्यूरोसर्जन डा।प्रकाश काफ्लेले बताए ।

‘अप्रेशन गरी टाउँकोमा जमेको पानी पाईप लगाएर बाहिर निकालेका छौ ।’ डा.काफ्लेले भने ‘अव बालिका खतरामुक्त छन्, टाउकोको आकार घटेपछि पुनःअप्रेशन गरेर टाउको मिलाउँनुपर्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...