‘तक्मे बुढा’ चढेको कार दुर्घटना

Bilsan car

दमक । नेपाली सिने जगतका हाँस्य कलाकार विल्सन विक्रम राई अर्थात् ‘तक्मे बुढा’ चढेको कार दुर्घटनामा परेको छ ।

‘तक्मे बुढा’ सहित ‘फुर्के नम्बर १’ ६ जना कलाकार चढेको कार झापाको विर्तामोडमा सोमबार मध्यराती दुर्घटनामा परेको थियो । मोरङको मधुमल्लामा आयोजित महोत्सवमा भाग लिएर झापाको विर्तामोड फर्किने क्रममा दुर्घटनामा परेको बताइएको छ ।

तीव्र गतिमा रहेको कारले कुकुरलाई बचाउन खोज्दा दुर्घटनामा परेको थियो । कार सडक भन्दा बाहिर चौरमा गएर बजारिए पनि सबै जना सुरक्षित रहेका छन् । दुर्घटनामा उत्तानो परेको कार क्षतिग्रस्त भएको छ ।

कारमा कलकारहरु विल्सन विक्रम राई, विशाल लिम्बू, युकेश लिम्बू, समिल राई र बाल कलाकार जेसिका राई सवार थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...