नेपाल भारत सीमानामा संयुक्त गस्ती पट्रोल सुरु

Gasti patrol

कपिलबस्तु । नेपाल र भारतको खुल्ला सीमानाबाट तस्करी बढेपछि संयुक्त गस्ती पट्रोल सुरु भएको छ ।

दुवै देशका सीमा सुरक्षामा खटिएको नेपालको सशस्त्र प्रहरी बल र भारतका सीमा सुरक्षा बल एक आपसमा समन्वय गरी संयुक्त गस्ती पट्रोल गस्ती बनाइएको छ ।

सो संयुक्त गस्ती पट्रोलमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) मर्यादपुर खुनुवाको सप्रनि अमृतबहादुर दुलाल र सीमा सुरक्षा बल एसएसवीका तर्फबाट इन्सपेक्टर स्याम सिंहको कमाण्डमा १३/१३ जना रहेका छन् ।

उनीहरुले महिनाको दुई पटकसम्म पिलर नं. ५५२ देखि ५५७ सम्मा संयुक्त गस्ती पट्रोल गर्ने छन् । महिनाको दुई पटकसम्म आफनो जिम्मेवारी अनुसारको इलाकामा गस्ती पट्रोल गर्दा सीमानामा हुने विभिन्न किसिमका अपाराधिक क्रियाकलाहरु रोकिने विश्वास लिइएको छ ।

अवैध रुपमा चोरी निकासी, मानव बेचबिखन, लागू औषध तथा घुसपैठका गतिविधिहरु नियन्त्रणमा सघाउँ होस भनेर दुवै देशका सुरक्षा अधिकारीबीच गस्ती पट्रोल बनेको हो ।

सयुक्त रुपमा गस्ती हुँदा सीमामा भएको रजस्व चुहावटसमेत रोक्न र रोकिने छ । महिनामा २ पटक सयुक्त रुपमा नेपाल र भारत सीमा सुरक्षा बल समन्वय सीमा सुरक्षामा १० गजा क्षेत्रमा गस्ती पट्रोल गरिने छ ।

प्रतिकृया दिनुहोस