पश्चिमी न्यून चापीय प्रणालीले बदली र वर्षा

Barsa 1

काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण आज काठमाडौँसहित देशैभर मौसम बदली तथा अधिकांश स्थानमा वर्षा भएको छ ।

उक्त वायुको प्रभावले देशैभर बदली हुनाका साथै पूर्व र पश्चिमी भेगमा हल्का वर्षात् भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली क्रमशः पूर्वतिर सर्दै गएकाले बुधबारदेखि मौसममा सुधार आउने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

काठमाडौँमा आज बिहानीपख हल्का वर्षा भएको थियो । मौसममा आएको बदलीका कारण राजधानीमा बढी चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार जुम्लामा २९, सुर्खेतमा १८, डडेल्धुरामा १२, दाङमा १२, दिपायलमा ९, बाँकेमा आठ, धनगढी र भैरहवामा ४/४ तथा पोखरा र काठमाडौँमा दुई दुई मिलिमिटर वर्षात् भएको छ ।

काठमाडौँको अधिकतम तापक्रम २० र न्यूनतम आठ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लामा ऋणात्मक ३.९ र सबैभन्दा बढी सिमरामा १२ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...