जनयुद्ध दिवसको अवसरमा पेरिसडाँडामा केकको धमाका, एनसेल टावरहरुमा हमला, विप्लवले गरेको अाश‌ंका

Youdha

काठमाडौं । नेकपा माओवादी केन्द्रले  मंगलबार २३ औं जनयुद्ध दिवस  मनाएको छ ।  पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड, नेताहरु रामबहादुर थापा, नारायणकाजी श्रेष्ठसहित शीर्ष नेतृत्व तथा कार्यकर्तालगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘२३ औं जनयुद्ध दिवस’ उल्लेखित केक समेत काटेका थिए भने पार्टीको भातृ संगठन वाइसियलका अध्यक्ष दीपशीखाले प्रचण्डलाई केक खुवाइदिएका थिए । 

२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा   गरेको थियो । २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको हो । 

उक्त युद्द १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत टुंगिएको थियो  । २०६३ साल मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर गरेर  माओवादी शान्ति प्रक्रियामा माआएको थियो । 

शान्तिप्रक्रियामा आएपछि  अहिले माओवादी देखिनेगरी तीन टुक्रा भएको छ ।  दिवसकै अवसरमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपाले आज संयुक्त रुपमा  छुट्टै कार्यक्रमको आयोजना गरेका छन् ।

एनसेल टावरमा हमला

नुवाकोटको  विदुर नगरपालिका– ११ गेर्खुमा रहेको एनसेल टावरमा गए राति आगजनी भएको छ । 
साविक गेर्खु गाविस–९ डाँडागाउँमा रहेको टावरमा राति १२ बजेतिर अज्ञात समूहले पेट्रोलियम पदार्थ र जुटबोरा प्रयोग गरी आगजनी गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । 

आगजनीपछि उक्त टावरमार्फत जोडिँदै आएको एनसेलको फोनसेवा अवरुद्ध भएको छ । आगजनीबाट टावरमा जडान गरिएको कल ‘कनेक्सन’ उपकरण, ब्याट्री, युपिएसलगायत ८० प्रतिशत सामग्रीमा क्षति पुगेको छ । एनसेलको टावर सुरक्षार्थ जिल्लामा रहेका प्राविधिकका अनुसार आगजनीबाट रु १५ लाख बराबरको क्षति पुगेको छ । आगजनी गर्ने समूहको पहिचान यकिन नभए पनि नेकपाका कार्यकर्ताले घटना गराएको हुन सक्ने प्रहरीको अनुमान छ । 

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६, बछ्यौलीमा रहेको एनसेलको टावर र उपकरणमा गएराति अज्ञात समूहले कुकर बम विस्फोट गराएको छ । 
रत्ननगर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार राति करिब १२ बजेको समयमा बम विस्फोट भएको थियो ।  विस्फोटनबाट एनसेलको उपकरणमा क्षति पुगेपनि टावरमा भने केही नभएको उनले बताए । 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्टका कार्यकर्ताले विस्फोट गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । स्थानीय शिवनारायण चौधरीको जग्गा भाडामा लिएर एनसेलले उपकरण र टावर जडान गरेको थियो । 

प्रहरी नायब उपरीक्षक खतिवडाले एनसेलका बिटिएस राखिएका अधिकांशस्थल मानवबस्ती कम भएको ठाउँमा रहेको र सुरक्षागार्ड नराखेका कारण सुरक्षा समस्या देखिएको बताए । 

घटनापछि आफूले पूर्वी क्षेत्रमा रहेका अधिकांश बिटिएस निरीक्षण गर्दा सुरक्षाको व्यवस्था सम्बन्धित कम्पनीले नगरेको पाइएको उनले बताए ।

रोल्पाको माडी गाउँपालिका–६ कोर्चवाङमा शक्तिशाली बम प्रहार गरी एनसेलको टावर क्षतिग्रस्त गराइएको छ । राति करिब १२ बजे बम विस्फोट गराइएको प्रहरीले बताएको छ । बम विस्फोटबाट मिनहीमा रहेको एनसेलको टावरमा क्षति पुगेको प्रहरी निरीक्षक नरबहादुर खड्काले जानकारी दिनुभयो । ठूलो आवाजमा बम विस्फोट भएपछि आफूहरु त्रसित भएको स्थानीयवासीले बताएका छन् । 

राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै यसअघि नेकपाले यस्तै प्रकृतिको घटना गराएकाले यस पटकको विस्फोटमा पनि सोही पार्टीकै हात हुनसक्ने आशंका गरिएको छ । फागुन १ को पूर्वसन्ध्यामा घटना भएकाले राजनीतिक उद्देश्यले गरिएको आक्रमण हुन सक्ने अनुमान गरिएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...