माओवादी नेतृ खेवा सम्मानित

Geeta samman

धनकुटा । धनकुटाकी माओवादी केन्द्रकी नेतृ गीता खेवा लिम्बु सम्मानित भएकी छन् ।

नेकपा माओवादी केन्द्र निकट वाइसियल १ नं. प्रदेशले नेतृ खेवालाई प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने खेलेको भूमिकाको उच्च कदर गर्दै शनिवार धरानमा सम्मान गरेको हो ।

खेवा गत स्थानीय तहको निर्वाचनमा धनकुटाको छथर जोपाटी गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार थिइन् । उनी एमालेसँग पराजित भएकी थिइन् ।

तर प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धन बनेपछि उनी वाम गठबन्धनलाई जिताउने अहोरत्र खेटेकी थिइन् । त्यसको सम्मान गर्दै खेवालाई वाइसियल १ नं. प्रदेशले सम्मान गरेको हो ।

१ प्रदेशबाट प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकमा विजयी भएका सांसदहरुलाई वाइसियलले सम्मान गरेको थियो । सोही अवसरमा खेवासहित धनकुटाकै युवा नेता बल्दिप राईलाई पनि सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...