प्रधानमन्त्री देउवाको इसारामा आइजीपी अर्यालबाट मार्ने प्रयास भयो : सांसद सिलवाल

Nawaraj

काठमाडौँ ।  पूर्वडिआइजी एवम् ललितपुर १ बाटनिर्वाचित सांसद नवराज सिलवालले प्रहरी संगठनमा रहेका अाफ्नै पूर्व सहकर्मीहरुद्धार अाफुलार्इ मार्ने प्रयत्न गरेको बताएका छन् ।

संचार माध्याममा अाएका समाचार र प्रहरीले सिलवाललाई पक्राउ गर्नका लागि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरिसकेपछि उनले बिज्ञप्ती मार्फत खुलासा गरेका हुन् । लगातार रुपमा प्रहरी र सरकारको दमावमा रहेका उनले अाफुलार्इ  प्रहरी महानिरीक्षक प्रकाश अर्यालबाट पटक पटक आफूलाई मार्न चाहेको रहस्य खोलेका छन ।

लामो सरकारी यातना सहेर बसेका सिलवालले बिज्ञप्ती जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको इसारामा आइजीपी अर्यालले पटक पटक आफूलाई मार्न चाहेको तथ्य खोलेका हुन ।

 यस्तो छ बिञप्ती पूर्णपाठ

विगत केही सातायता नेपाल प्रहरीले मेरा विरुद्ध विभिन्न प्रकारका पक्राउ पुर्जी जारी गरेको भन्ने आसयका समाचारहरु सञ्चार माधयमहरुमा आइरहेका हुनाले एउटा जिम्मेवार जनप्रतिनिधिका नाताले आफ्नो क्षेत्रका मतदाता र अनेकौ प्रतिकुलता हुंदाहुदै पनि मलाई अन्यायको विरुध्दमा लडिरहन र कानूनको शासनको पक्षमा आवाज उठाइ रहन प्रेरित गर्ने सबैप्रतिको जवाफदेहिता अनुभव भएका कारण यो विज्ञप्ति जारी गरेको छु ।

१. सम्मानित सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा दुइ फरक प्रकारका कार्यसम्पादन मुल्यांकन फारमहरु पाइएकोेले त्यसमाथि छानवीन गर्न दिएको फैसलाको म पूर्ण सम्मान गर्दछु । विगत चैत्रमा सर्वोच्च अदालतको पूर्ण इजालसमा सरकारी निकायहरुद्धारा प्रस्तुत भएका सम्वन्धित मूल्यांकन दस्तावेजहरुभन्दा त्यसयता तिनै निकायहरुद्धारा प्रस्तुत दस्तावेजहरु फरक भएका कारण नै त्यतिवेला र मैले सर्वोच्च अदालतको पैmसला कार्यान्वयनका लागि दिएको आवेदन पछि आएको पैmसला फरक परेको तथ्य सार्वजनिक नै छ । निश्चय नै, यो विचमा महत्वपूर्ण सरकारी कागजातहरु फेरवदल भएको सहजै देखिन्छ । त्यसका दोषीहरुमाथि निश्चय नै छानवीन र कारवाही हुनु आवश्यक छ ।

२. केही समययता यसमा म र ममात्र संलग्न छु जस्तो अर्थ लाग्ने गरी प्रायोजित प्रकृतिको प्रचार जसरी भइरहेको छ, त्यो नियोजित, बद्नियतपूर्ण र मेरो सार्वजनिक जीवनलाई समाप्त गर्ने दुराशयवस गराइएको तथ्य छर्लङ्गै छ । किनभने, नेपाल प्रहरीको कार्मचारी प्रशासनसम्वद्ध गोप्य दस्तावेजहरुमा मेरो पहुंच पुग्ने र त्यसलाई मैले सच्च्याउने सम्भावना एउटा काल्पनिक कथ्य मात्र हो । त्यसमाथि, यसअघिको प्रहरी नेतृत्व शुरुदेखि नै मलाई प्रहरी महानिरीक्षक हुन नदिने प्रपञ्चकासाथ योजनावद्ध ढंगले क्रियाशील रहेको यथार्थ अब आम जानकारीको विषय भइसकेको छ । यस्तो अवस्थामा, प्रहरी मुख्यालयमा सुरक्षित, सोही अवधिको गोप्य फाइलमा मैले किर्ते गर्नसक्ने कुरा कसरी सम्भव होला ?

३. त्योभन्दा पनि महत्वपूर्ण, यस्तो किर्ते र जालसाजी गरी मेरा विरुद्ध संलग्न गृहमन्त्रालय र प्रहरी संगठनकासबैलाई वर्तमान सरकार र खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले अनेकौ प्रपञ्च र तिकडम गरेर पुरस्कृत गरेको फेहरिस्तले पनि यस्तो गैरकानुनि कार्यमा को को संलग्न थिए भन्ने अनुमान लगाउन गाह्रो छैन । गत निर्वाचनमा पराजित भएपछि, यो जनमत गुमाएको कामचलाउ सरकारले जसरी आफू सत्ताबाट बाहिरनुअघि नै मेरो क्यरिएरलाई समाप्त पार्ने र सकेसम्म बद्नाम गर्ने अधैर्य व्यवहार देखाएको छ, त्यसबाट यस्ता कुकृत्यमा संलग्नहरुको निन्द्रा र भोक हराएको बुझ्न अप्ठ्यारो छैन । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा गरेको अनावस्यक अस्वस्थ चलखेलकै कारण वर्तमान सरकार बद्नाम भएको र चुनाव हार्नुको एउटा मुख्य कारण यही भएकोले प्रतिसोधबस् ममाथि आक्रमण भएको अनुभव पनि मलाई भएको छ ।

४. भोलि निस्पक्ष अनुसन्धान भएमा यस्तो कार्यमा संलग्न र अहिले त्यसबाट प्रत्यक्ष लाभ लिइरहेकाहरुलाई अत्याएको हुनसक्छ । त्यसैले यो समग्र पक्षको निश्पक्ष अनुसन्धान हुनुपर्छ र दोषी दण्डित हुनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यसबीचमा भएका अनगिन्ति चलखेल र तिनमा संलग्नहरुको सार्वजनिकरुपमै उठेको नैतिकता र इमान्दारीप्रति पनि प्रश्न उठाउन नसकिने होइन । तर, ती मध्ये धेरैलाई सार्वभौम जनताले नै उनीहरुको वास्तविक हैसियत देखाइसकेको अवस्थामा मैले केही भन्नु परेन ।

५. अहिले मुलुकको सिङ्गो प्रशासन र प्रहरी संयन्त्र अरु सबै महत्वपूर्ण राष्ट्रिय जिम्मेवारीहरु छोडेर मलाई मात्रै यो देशको सबभन्दा डरलाग्दो र संगीन अपराधि प्रमाणित गर्न समय, स्रोत र साधन खर्चिरहेको छ, त्यसैबाट पनि को वास्तविक दोषी छ र अत्तालिएको छ भन्ने देखिएकै छ । अन्त्यमा, म सबैमा के आग्रह गर्न चाहन्छु भने, यो प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणका सबै आयाममा निश्पक्ष निकायवाट छानवीन हुनु र दोषीमाथि कारवाही हुनु आवश्यक छ ।

जुन मान्छे यो सम्पूर्ण घटनाक्रममा मेरो विपक्षि रहेको छ उसैले अनुसन्धान गर्ने र यसमा सम्लग्नहरुलाई निर्दोष सावित गरी मलाई प्रहार गर्ने जुन खेल भैरहेको छ त्यसको अन्त हुनु पर्दछ र निस्पक्ष निकायवाट भोलि हुने अनुसन्धानलाई एउटा निस्कर्षमा पुर्याउन सबै प्रकारले सहयोग गर्न म तयार छु । म सधैं मुलुकको एक निष्ठावान सिपाही रहेको छु । जनप्रतिनिधिका रुपमा पनि मेरो त्यो कर्तव्य थपिएको छ । तर अहिलेको संक्रमणकालीन कामचलाउ सरकार र त्यसको इशारामा वर्तमान प्रहरी नेतृत्वले जसरी पटकपटक मेरो जीउज्यानमाथि धावा बोल्ने प्रयास गरेको छ, त्यसले मेरो जीवन नै असुरक्षित रहेको अवस्था छ ।

त्यसैले, म सम्पूर्ण मतदाता र शुभचिन्तकहरुलाई राज्य संयन्त्रले निश्पक्ष ढंगले काम गर्ने र यस्तो गम्भीर प्रकृतिको कुनैपनि अनुसन्धान पूर्वाग्रहप्रेरित नहुने वातावरण नबनुञ्जेल धैर्य गर्न विनम्र आग्रह गर्दछु । र, यो सरकारले विधि, नियम र मर्यादा मिचेर गरेका यो लगायत सम्पूर्ण कामहरुको आगामी जनमुखी सरकारले अद्योपान्त अनुसन्धान गर्नुपर्छ भन्ने पनि मेरो आग्रह छ । म सधैं न्याय र विधिको शासनको पक्षमा उभिएको छु र उभिइरहने विश्वास दिलाउन चाहन्छु । धन्यवाद ।

नवराज सिलवाल
प्रतिनिधिसभा सांसद, ललितपुर क्षेत्र नं १

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...