रैथाने स्थानीय बीउ तथा बाली लोप हुँदै

Bali

बैतडी । बैतडीमा तरकारी तथा अन्नबालीका रैथाने तथा स्थानीय बीउ लोप हुँदै गएका छन् ।उन्नत जातको बीउको प्रयोगसँगै रैथाने बीउ लोप हुने अवस्थामा पुगेका हुन् ।

रैथाने बीउ लोप हुँदै गएपछि उन्नत जातको बीउले उत्पादन बढी दिने भए पनि विभिन्न खालका रोगकीराले संक्रमण गर्ने, समयमा नपाक्ने लगायतका समस्या आइरहेका श्रीकोटका किसान हेमराज गिरीले बताए । उनले भने, “पहिलापहिला गाउँघरमा पाइने बीउ आजभोलि पाइनै मुस्किल हुने गरेको छ ।”

उन्नत जातका बीउ स्थानीय हावापानीअनुसार मिल्दोजुल्दो नभएकाले पनि उत्पादनमा समस्या आइरहेको कृषि प्राविधिकले बताएका छन् । पुरानो बीउमा रोगकीरासँग लड्ने क्षमतासमेत रहेकाले उत्पादन राम्रो हुने र हावापानीसँग मिल्ने भएकाले उन्नतजातको भन्दा स्थानीय बीउ राम्रो भएको कृषि प्राविधिक सागर भट्टले बताए ।

स्थानीय तथा रैथाने बीउको संरक्षणका लागि जिल्ला कृषि विकास कार्यालयले पनि खासै पहल गरेको देखिँदैन । स्थानीय तथा रैथाने बीउको संरक्षणका लागि कसैले ध्यान नदिँदा बीउ नै लोप हुने अवस्थामा पुगेका छन् ।

आधुनिकतासंगै रैथाने तथा पुरानो धान, गहुँ, मकै, तरकारी लगायतको बीउ लोप हुने अवस्थामा पुगेको हो । उन्नत जातको बीउसँगै रैथाने बीउ आफैँ हराउँदै गएको जिल्ला कृषि विकास कार्यालय बैतडीले जनाएको छ । उन्नत जातको बीउमा उब्जनी राम्रो भएकाले रैथाने बीउ लोप हुन लागेको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...