प्रदेश राजधानी : धनकुटामा उग्र, काठमाडौंमा सुस्त

Dkt ktm 4

काठमाडौं । यो चिसो मौसममा प्रदशेको राजधानीको आन्दोलनले धनकुटा तातेको छ । बिहीबारदेखि प्रदेश नं. १ को राजधानी माग गर्दै भएको प्रदर्शन रोक्न स्थानीय प्रशाषनले कफर्यु नै लगाएको छ ।

विहान साँढे ११ बजेदेखि लागेको अनिश्चितकालीन कफर्युले धनकुटाको जनजीवन थप कष्टकर बनेको छ । बजार बन्द छ भने कुनै पनि सवारी साधन चलेका छैनन् ।

प्रादेशिक राजधानी बिराटनगर तोकेको विरोधमा आक्रोसित धनकुटेलीले क्षेत्रीय प्रशाषन कार्यालयमा आगो लगाए । आन्दोलन परिचालन समितिको अगुवाईमा क्षेत्रीय प्रशाषन कार्यालय पुगेका आन्दोलनकर्मीले आगो लगाउँदा कार्यालयका २ थान कम्प्युटर, १ थान डेक्सटप, प्रिन्टर, आईपिफोन, एसी स्क्यानर मेसिन, टेबल, कुर्सि १२ थान जलेको र हेल्लो सरकारको कोठापूर्ण जलेको धनकुटाबाट निशानन्युज समाचारदाता कोकिला भण्डारीले जनाएकी छन् ।

के हुँदैछ काठमाडौंमा ?
धनकुटामा त्यसरी प्रदेशको आन्दोलन उग्र बन्दै गर्दा काठमाडौंमा के भइरहेको छ भन्ने धेरैलाई थाहा नहुन पनि सक्छ । धनकसटामा जस्तो आन्दोलन उग्र नभए पनि सुस्त गतिका काठमाडौंमा रहेका धनकुटेलीले आन्दोलन गरिरहेका छन् ।

खासगरी बुधबारसम्म काठमाडौंमा मन्त्री परिषदको बैठक बस्ने दिन पारेर धर्ना र प्रदर्शन हुँदै आएको थियो । तर, विहीबार भने प्रदशे नं. १ को अस्थायी मुकाम विराटनगरलाई तोकेको विरोधमा माइतीघर मण्डलामा धर्ना र प्रदर्शन गरिएको छ ।

बिहीबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रतिनिधिसभाका सांसद राजेन्द्र राईले सरकारले धनकुटालाई प्रदेशको अस्थायी मुकाम नतोकेर गल्ती गरेको आरोप लगाए । ‘भौगोलिक रुपमा पनि उचित र भौतिक संरचना भएको ठाउँमा प्रदशेको अस्थायी मुकाम तोक्नुपर्नेमा हचुवाको भरमा यो सरकारले गल्ती गरेको छ’ राईले भने, ‘सरकारको यो कदम धनकुटेली जनताका लागि कदापी स्वीकार्य हुँदैन ।’

सो प्रदर्शनमा प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठ, लिला सुब्बा, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई लगायतले पूर्वी पहाडलाई वेवास्ता गर्दै सरकारले अस्थायी मुकाम विराटनगर तोकेकोमा आक्रोस पोखेका थिए ।

माइतीघर मण्डलामा भेला भएका धनकुटेलीले बबरमहल, बिजुलीबजार हुँदै माइतीघर मण्डलामा पुगी कोणसभामा परिणत भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...