मीन विश्वकर्मामाथि किन खनिए एमाले नेता केशव बडाल ? जसले गरे तँ तँ र म म (हेर्नुस् भिडियो)

Min keshab

काठमाडौं । भनिन्छ, पत्रकार ऋषी धमलाले कसैलाई पनि छाड्दैनन् । तर धमलाले सञ्चालन गरेको धमलाको हमलामा एक जना नेता जो पूर्व मन्त्रीसमेत हुन्, उनले वर्तमान मन्त्रीलाई तथानाम गाली गर्दै मुख छाडेका छन् ।

धमलाको हमला बहस कार्यक्रम भइरहेका बेला पूर्वमन्त्री केवश वडालले वर्तमान सरकारका बाणिज्य मन्त्री मीन विश्वकर्मालाई ‘तँ’ भनेका छन् ।

नेपालमा त्यसरी ‘तँ’ भनिनुलाई निकृष्ट मानिन्छ । बहसकै क्रममा विश्वकर्माले ‘गाउँले पाराले बहस नगरौं न’ भनेपछि वडालले ‘यसले यसो भन्च’ भनेका छन् । त्यसपछि पनि बारम्बार बडालले मन्त्री विश्वकर्मालाई होच्याएर बोलेका छन् ।

कार्यक्रम भइरहेका बेला रहर छ भने अझै सरकारमा बस्नुस भनेर वडालले कुरा गरिरहेका बेला मन्त्री विश्वकर्माको तिघ्रामा हात लादै गरेको देखिएको छ । तर विश्वकर्माले गाउले तर्क नगरौं भन्ने वित्तिकै बडालले ‘म गाउँले हुँ, गाउँलेलाई हेला गर्ने ?’ भन्दै कड्किन थालेका थिए ।

अन्ततः उनले मन्त्री विश्वकर्मालाई ‘खिच्चा कुरा ग¥यो यो मन्त्रीले’ सम्म भन्न भ्याएका थिए । यतिसम्मकी वडालले ‘सिष्ट भाषा सिक’ सम्म भनेका छन् ।

मन्त्री विश्वकर्मालाई एमाले नेता वडालले यसरी हेपेर बोलिरहँदा संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने सार्वजनिक ठाउँमा यस्तो हर्कत गर्न नहुने आग्रह गरेका छन् ।

हेर्नुस् भिडियो

Video

प्रतिकृया दिनुहोस