मन्त्री थापाले घोषणा गरे आफ्नै कार्यकर्तालाई सहिद

Dkt sahid

धनकुटा । सरकारले विहीबार एकै दिन दुईथरीलाई सहिद घोषणा गर्न भ्यायो । तीमध्ये एकाथरी थिए छिन्ताङ हत्या काण्डमा मारिएका सहिद भने अर्काथरी थिए १० वर्षे सशस्त्र द्धन्द्धकालीन समयमा माओवादीबाट मारिएका कार्यकर्ता ।

२०३६ सालमा मारिएका १६ जनालाई सहिद घोषणा गर्न लामो समयदेखि माग हुँदै आएको थियो । त्यही भएर सरकारले छिन्ताङ हत्या काण्डमा मारिएकालाई सहिद घोषणा गरेको छ ।

तर उद्योग मन्त्री सुनीलबहादुर थापाले आफ्नो सिफारिसमा १० वर्षे द्धन्द्धकालमा मारिएका ५ जना कार्यकर्तालाई पनि सहिद घोषणा गराउन सफल भएका छन् । यसरी सहिद घोषणा हुनेहरुमा गोविन्द वालिङ राई, गणेश जोशी, रामजी थापा, राजन भट्टराई र दिपक दाहाल छन् ।

को हुन् नयाँ सहिद ?
सरकारले विहीबार घोषणा गरेका पाँच जना तत्कालीन राष्ट्रिय प्रजातनत्र पार्टीका कार्यकर्ता हुन् ।

छिन्ताङका गोविन्द वालिङ राई पूर्व पञ्च हुन् । उनको सुराकीमा छिन्ताङ हत्या काण्ड भएको आरोपमा माओवादीले उनलाई घाटी रेटी हत्या गरेको थियो ।

वेलहराका गंगा जोशी पनि पूर्व पञ्च हुन् । उनलाई पनि माओवादीले सुराकी गरेको आरोपमा वेलहरामै हत्या गरेको थियो ।

यता मुगाका रामजी थापा र राजन भट्टराई तथा भीरगाउँका दिपक दाहाल भने राप्रपा समर्थक मात्रै थिए । रामजी थापा नाताले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भतिजा हुन् । उनी गाउँमा लोकप्रिय व्यक्ति थिए । तर माओवादीले उनलाई राप्रपाको समर्थक भनेर घाटी रेटी हत्या गरेको थियो ।

भट्टराई भने गाई गोरु व्यापारी थिए । माओवादीले २०६१ असार १० मा थापालाई मुगामा र भट्टराईलाई भने अपहरण गरेको एक हप्तापछि सोही दिन उत्तरपानीमा ल्याएर गोली हानी हत्या गरेका थिए ।

दिपक दाहाल पनि राप्रपाका समर्थक थिए । उनलाई २०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनका बेला मारिएका थिए । त्यसबेला सूर्यबहादुर थापा संविधानसभाको निर्वाचनमा उम्मेदवार थिए । त्यसबेला थापा माओवादीका नेता हरिराज खेवासँग पराजित भएका थिए ।

दाहालको हत्या भएपछि कार्यकर्ताको मनोवल गिर्दा थापाको पराजय भएको धेरैले आँकलन गरेका थिए ।

सरकारप्रति खुसी छौं : सहिद परिवार
सरकारले लामो समयपछि सहिद घोषणा गरेकोमा सहिद परिवार खुसी भएका छन् । उनीहरुले तत्कालीन समयमा आफ्ना परिवारले गरेको योगदानको कदर गरेकोमा खुसी व्यक्त गरेका हुन् ।

सरकारले विहीबार सहिद घोषणा गरेका रामजी थापाका छोरा ध्रुव थापाले आफ्ना पितालाई तत्कालीन समयमा माओवादीले हत्या गरेको भए पनि सरकारले सहिद घोषणा गरेमा खुसी लागेको प्रतिक्रिया दिए ।

उनले निशान न्युजसँग कुरा गर्दै ढिलै भए पनि सरकारले जिल्लामा विभिन्न कारणले मारिएकाहरुलाई सम्मान गर्न सक्नु आफ्ना लागि खुसीको कुरा भएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...