चिसोबाट जोगाउन बाढीपीडितलाई अस्थायी टहरा निर्माण

Pix

बाँके । शीतलहर र चिसोबाट जोगाउन जिल्लाका बाढीपीडितलाई अस्थायी टहरा निर्माण गर्न थालिएको छ ।

जिल्लामा २०७४ साउनको अन्तिम साता आएको बाढीले एक हजार १२३ घरधुरीको बसोबास पूर्णरुपले क्षति भएको थियो । अहिले चिसो बढ्दै गएका कारण बाढीपीडितलाई तत्काल व्यवस्थापनका लागिअस्थायी टहरा निर्माण गर्न थालिएको हो ।

बाँके राप्तीसोनारी–२ र ३ मा रहेका बाढीपीडितले चिसो र शीतलहरका कारण आफूहरुलाई पालमुनि बस्न कठिन भएको गुनासो गरेकाले जिल्ला दैवी प्रकोप उद्दार समितिको समन्वयमा विभिन्न गैरसरकारी संस्थाले अस्थायी टहरा निर्माण गर्न थालेका हुन् ।

प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार पहिलो चरणमा २३८ अस्थायी टहरा निर्माणको ६० प्रतिशत काम सकिएकोे छ । महिला उपकार मञ्च र युनिक नेपालले बाढीपीडितलाई ओत लाग्न जस्तापातको छाना भएको अस्थायी टहरा निर्माण थालेको हो ।

राप्ती सोनारी–२ र ७ मा अझै पनि बाढीपीडित पालमुनि आश्रय लिँदै आएका छन् । बाढीका कारण एक हजार १२३ घरधुरी विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...