एनआरएनएको रोड सेफ्टी टिम नेपालमा

Received


काठमाडौँ । गैर आवासीय नेपाली संघको रोड सेफ्टी टिम नेपालमा भईरहेको सडक दुर्घटनालाई कम गराउने उद्देश्यले चेतनामूलक कार्यक्रम सहित देशभरका विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुसँगको अन्तरक्रियामा व्यस्त छ ।

नेपालमा सडक दुर्घटनाबाट दिनहुँ कैयौँको ज्यान गुमिरहेको छ भने हजारौँ अंगभंग भएका छन् । नेपालमा भईरहेको यस प्रकारका सडक दुर्घटनालाई कसरी कम गर्न सकिन्छ भनेर बेलायत, यूरोप तथा अमेरिका जस्ता विकसित देशहरुमा सफल रुपमा प्रयोगमा आईरहेका सवारी नियम, सडकको बनावट, जनचेतनामूलक सामाग्री लगायतका अत्याधुनिक प्रविधि सहितका वृत्तचित्र प्रस्तुत गर्दै सो टिमले आफ्नो अन्तरक्रिया कार्यक्रमलाई अगाडि बढाईरहेको छ ।

सोही क्रममा नेपाल सरकारका मुख्य सचिव सहितका अन्य विभिन्न मन्त्रालयका सचिवहरुलाई एनआरएनएको रोड सेफ्टी टिमले वृत्तचित्र सहित नेपालमा सडक दुर्घटना कम गराउने उपायहरु प्रस्तुत गरेको छ ।

त्यसैगरी सडक विभागका महाप्रबन्धक सहितका उच्च अधिकारीहरु, यातायात विभागका प्रमुख सहितका उच्च अधिकारीहरु, ट्राफिक प्रहरी महाशाखाका प्रमुख सहित उच्च अधिकारीहरु समेतलाई सम्बन्धित कार्यालयहरु मै गएर वृत्त चित्र सहित सडक दुर्घटना न्यूनिकरणका उपायहरुका बारेमा छुट्टा छुट्टै अन्तरक्रिया गरेको हो ।

त्यसैगरी सो टिमले राजधानी बाहिर पोखरा महानगरपालिका, बुटवल महानगरपालिका तथा भरतपुर महानगरपालिकाका प्रमुख लगायत सिंगो टिम तथा ट्राफिक प्रहरी कार्यालयका अधिकारीहरुलाई सडक दुर्घटना हुनाका प्रमुख कारणहरु, न्यूनिकरणका उपायहरु तथा दुर्घटनाबाट बच्न हरेक मानिसले अबलम्बन गर्नु पर्ने उपायहरुका बारेमा वृत्तचित्र सहित बिस्तृत विवरण प्रस्तुत गरेको थियो ।

रोड सेफ्टी टिमका संयोजक थर्क स ेनको नेतृत्वमा गएको उक्त प्रतिनिधि मण्डलमा एनआरएनए जापानका आईसिसी सदस्य कपिलदेव थापा, निवर्तमान आईसिसी सचिव अर्जुन कुमार श्रेष्ठ, एनआरएनए पोर्चुगलका पूर्व उपाध्यक्ष शम्भु ढुंगाना, टाक्स फोर्स कमिटीका सदस्य दामोदर नेपाल, आईसिसी सदस्य यूके सुश्मा राई, एनआरएनएका सल्लाहकार सुरेन्द्र श्रेष्ठ तथा एनआरएनए सचिवालयका तर्फबाट अनिल ढुंगाना रहेका छन् ।

नेपालको सडक दुर्घटना न्यूनिकरणमा एनआरएनएको रोड सेफ्टी टिमले ल्याएको अवधारणा अत्यन्तै उपयोगी हुने र सो अवधारणालाई व्यवहारमा लागु गर्न सबै क्षेत्रको भूमिका अपरिहार्य रहेको अन्तरक्रियामा सहभागी सबैले बताएका छन् । त्यतिमात्र होइन यस प्रकारको अवधारणाले नेपालको सवारी सञ्चालनमा कोषे ढुंगा सावित हुने पनि कतिपय सहभागिले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...