दाउराले हानेर भाइले गरे दाजुको हत्या

Murder

इलाम । इलामको देउमाई नगरपालिकामा भाइले दाजुको हत्या गरेका छन् ।

देउमाई नगरपालिका–४ मंगलबारेका डिल्ली बाँस्तोलाले आफ्नै सहोदर दाजु गंगा बाँस्तोलाको आज दिउँसो हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

सामान्य भनाभनपछि डिल्लीले गंगालाई करिब १ बजेतिर दाउराले हानेर हत्या गरेको बताइएको छ । मादकपदार्थ सेवन गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको भए पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

हत्यापछि डिल्लीले इलाम नगरपालिका–११ सोयाककी ७ वर्षीया सन्ध्या आचार्यलाई समेत कुटपिट गरेको बताइएको छ ।

मामली घर जाने क्रममा सन्ध्यालाई कुटपिट गरेको इलाम प्रहरीको भनाइ छ । सन्ध्यालाई उपचारका लागि इलाम अस्पताल लगिएको जनाइएको छ ।
अभियुक्त डिल्लीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रतिकृया दिनुहोस