डोल्पामा मन्दिरसहित ८ घर जल्दा २ करोड ३२ लाख क्षति

Aglagi

डोल्पा । हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाअन्तर्गत वडा नं ९ होर्तमा आगलागीबाट एक मष्टा मन्दिरसहित ८ घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट २ करोड ३२ लाख बराबरको क्षति भएको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिए । आगलागीमा परेर पाँचसय वर्ष पुरानो मष्टा मन्दिर पनि जलेको छ, मन्दिरभित्र भएको बहुमूल्य मूर्ति जल्दा रु एक करोड बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट घर जलेर पीडित हुनेमा मुड्केचुला–९ होर्त गाउँका नन्दकुमारी बुढा, सुन्द्रा बुढा, पम्फा बुढा, पिपला रोकाय, रामबहादुर बुढा, शान्ति बुढा, दलजित बुढा र कर्णबहादुर बुढा रहेको प्रहरीले जनाएको छ । कर्णबहादुर बुढाका तीनवटा बाख्रा पनि जलेको बताइएको छ । बुधबार बेलुकी शुरु भएको आगलागी आज बिहान मात्रै १४ घण्टापछि नियन्त्रणमा आएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...