यी हुन निर्वाचन कानून र बन्दसूचि विपरित स‌ांसद सिफारिस गर्ने दलहरु

सूची सच्याउन निर्वाचन अायाेगबाट पत्राचार

Party

काठमाडौं । समानुपातिकतर्फ निर्वाचन अायोगमा बुझाएकाे बन्दसूचि फेरबदल गर्ने ६ राजनीतिक दलहरुलार्इ निर्वाचन अायाेगले समानुपातिकमा सिफारीस गरेका सांसदहरुकाे नामावली सच्याउन पत्राचार गरेकाे छ । 

निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको सूची सच्याउन ६ राजनीतिक दलहरुलाई पत्राचार गरेको हाे । ‘क्रमभंग भएको, समावेसी नभएको, महिला हुनुपर्नेमा पुरुष भएको लगायतका समस्या देखिएकाकाे अायाेगले बताएकाे छ ।

नेपाली कांग्रेस, राजपा, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई मंगलबार पत्राचार गरिएको हो । आयोगका अनुसार अन्य दलहरुको सूचीमा भने समस्या नभएकाे बताएकाे छ  । आयोग प्रवक्ता दिनेश घिमिरेका अनुसार २० गतेभित्र दलहरुले सच्याएर सूची बुझाइसक्नुपर्ने छ ।

२० गतेपछि सच्याउन भनेअनुसार भए-नभएको जाँचबुझ गर्ने र फेरि पनि त्रुटी देखिए ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाउने घिमिरेको भनाइ छ । ‘ऐनको व्यवस्थाअनुसार भएको भए तुरुन्तै निर्णय गरिहाल्छौं तर समावेशी समूह नमिलेको वा आयोगले भनेअनुसार नभएमा निर्वाचित नगर्नेसम्मको व्यवस्था छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...