वडा सचिवले नै गरे यस्तो किर्ते काम

जसले कार्यालय सहयोगीमार्फत बनाइदिए भारतीयलाई नागरिकता

Oda sachib pakrau

काठमाडौं । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेको त्यसै होइन । लामो समयसम्म जनप्रतिनिधि नहुँदा देशमा भ्रष्टचार मौलाएको थियो । त्यही भएर स्थानीय तहको निर्वाचनमा जनताले जनप्रतिनिधि चुन्न निक्कै उत्साही बने ।

तर, सप्तरीको राजविराजमा यस्ता कर्मचारी पनि देखिए, जो जननिर्वाचितहरुकै आँखा छलेर किर्ते काममा संलग्न भइरहेका छन् । यस्ता वडा सचिव जसको काम नै किर्ते गर्ने भएको छ ।

सप्तरीमा पछिल्लो समय किर्ते गर्ने गिरोह नै सक्रिय छ । प्रहरीले किर्ते नेपाली नागरिकता बनाउने एक गिरोहलाई पक्राउ गरेपछि वडा सचिवसहित कर्मचारीकै मिलेमतोमा भारतीय नागरिकलाई नागरिकता दिएको तथ्य खुलेको छ ।

आर्थिक चलखेल गरी भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिनेमा सरकारी कर्मचारी, सहयोगीहरु पनि छन् । यसरी पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नं. १० का सचिव वकील मियाँ, जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी अजयकुमार यादव, सुनसरी हरीपुरका कलिम मियाँ, झापाको बिर्तामोड नगरपालिका ४ का मो.सईरो छन् ।

नागरिकता बनाउन आएका २ जना भारतीय पनि पक्राउ परेका छन् । वडा सचिव मियाँको साथबाट नगद १ लाखसहित २ जनाको किर्ते नागरिकता प्रमाण पत्र फेला परेको छ ।

नागरिकता नै नक्कली
मो.वकिल अन्सारीको नाम र फोटोसहित जारी मिति २०६९/०३/२६ उल्लेख गरी जिप्रका सप्तरीको नागरिकता कार्डमा तयार भएको नागरिकता प्रमाणपत्र र मो.हदिस नामको फोटो सहितको २०३८/११/२४ मितिमा जारी भएको उल्लेख गरिएको नागरिकता भेटियो ।

भारतीय नागरिक लतिफुर रहमानको साथबाट जिल्ला प्रशासन कार्यालय सप्तरीको १६८९५७ नम्बरको जारी मिति २०६७/०३/२९ उल्लेख भएको नेपाली नागरिकता प्रमाण पत्र पनि भेटियो । जुन किर्ते नागरिकता हो ।

नागरिकतामा फोटो रहमानको भए पनि नाम मो.लतिरा लेखिएको थियो । कलिम मियाँको साथबाट मो.सईरो नाम र फोटोसहित नेपाली नागरिकता पनि थियो । प्रहरी प्रमुख मुकेश कुमार सिंहले भारतीय नागरिक नवेदको साथबाट जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी नेपाली नागरिकता बरामद भएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...