बारम्बार किन गर्छन् म्यादी प्रहरीहरु नै आन्दोलन ?

Myadi prahari

वीरगञ्ज । प्रत्येक निर्वाचनहरुमा सरकारले म्यादी प्रहरी नियुक्त गर्ने गर्छ । उनीहरुको काम भनेकै निर्वाचन सकिएपछि झोलीझ्याम्टा बोकेर घर फर्किने हो । तर, आजभोलीमा म्यादी प्रहरीहरु भने आन्दोलनमा उत्रिन थालेका छन् ।

पछिल्ला केही समय म्यादी प्रहरीहरुले आफुलाई दिने सेवा सुविधा नदिएको भन्ने गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा ललितपुरका प्रहरी प्र्रमुखले आफ्नो सेवा सुविधा नदिएको भन्दै अआन्दोलनमा उत्रिएकाका थिए ।

सो घटना सेलाउन नपाउँदै वीरगञ्जमा पनि म्यादी प्रहरीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले दिनभर सडक जाम नै गरे । सवारी साधन आजात जावत ठप्प पारे । घण्टाघर चोकमा दिउँसो साढे ३ बजेदेखि चक्का जाम गरे । उनीहरु प्रदेश तथा प्रतिनीधि सभा निर्वाचनका लागि पर्सामा खटिएका थिए ।

यस्तो छ आरोप
जिल्ला प्रहरी कार्यालय पर्साले राज्यले तोकेकोभन्दा कम सेवा सुविधा दिन लागेको आरोप उनीहरुले लगाएका छन् । उनीहरुले आफ्नो गुनासो पटकपटक गुनासो गर्दा पनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।

सरकारले पहिलो चरणमा खटिएका म्यादी प्रहरीलाई ६२ हजार दिएको भनेको थियो । तर पर्सा प्रहरीले भने ४८ हजार मात्रै दिन लागेको उनीहरुले भनाई छ । पहिलो चरणको चुनावमा वितरण भए अनुसारकै पारिश्रमिक आफूहरुले पनि पाउनुपर्ने माग उनीहरुको छ ।

पहिलो चरणमा खटिएका म्यादी प्रहरीहरुलाई तोकिएका भन्दा कम पारिश्रमिक दिन लागेपछि विरोध जनाएको म्यादी प्रहरी प्रिन्स मुखिया बताउँछन् । प्रदेश र प्रतिनीधि सभा निर्वाचनका लागि पर्सामा १ हजार ८ सय १६ जना म्यादी प्रहरी छनौट गरिएको थियो ।

सरकारले म्यादी प्रहरीलाई ५५ दिनका लागि नियुक्त गरेको थियो । सरकारले नै उनीहरुले २० दिन काम गरेवापत पहिलो किस्ता २४ हजार दिइसकेको छ । अब ३५ दिनको तलव दिन बाँकी छ । तर, उनीहरुले ३ कात्तिकदेखि डिउटी लगाएर १२ कात्तिकको मितिमा नियुक्ती दिएको गुनासो गरेका छन् ।

पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले भने म्यादी प्रहरीहरुले पाउने सेवा सुविधा र राशन भत्ता हिमाली, पहाडी र तराईका जिल्लामा केही फरक पर्ने भए पनि म्यादी प्रहरीले नबुझेको बताए । उनले भने, ‘हिमाल, पहाड र तराईका जिल्लामा फरक हुन्छ, राज्यले तोकको पारिश्रमिक सिधै उनीहरुको खातामा जान्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...