कास्की–२ मा समानुपातिकमा एमाले अगाडि

Eml

पोखरा । कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक मतमा एमाले अगाडि देखिएको छ ।

प्रत्यक्षतर्पmको प्रतिनिधिसभा र प्रदेशसभा क मा एमाले र ख मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । आज अपराह्न सम्पन्न मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकमा एमालेले २२ हजार ९६९, नेपाली कांग्रेसले १६ हजार ६४ र नेकपा माओवादी केन्द्रले ३ हजार ४७९ मत पाएका छन् ।

यस्तै विवेकशील साझा पार्टीले २ हजार ७६८, राप्रपाले एक हजार ७१,संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले ३७४–३७४, राष्ट्रिय जनमोर्चाले १२६ तथा अन्य ४३ राजनीतिक दलले समानुपातिकमा मत ल्याएका छन् ।

त्यस्तै प्रदेशसभातर्पmको समानुपातिकमा एमालेले २१ हजार ७९७, काँग्रेसले १५ हजार ६६०, माओवादी केन्द्रले ३ हजार ५७, विवेकशील साझा पार्टीले २ हजार १६१, राप्रपाले १ हजार २२०, नयां शक्ति पार्टीले ५३२, संघीय समाजवादी फोरमले ४८२ र राष्ट्रिय जनमोर्चाले १४६ मत ल्याएका छन् ।

जिल्लाको प्रतिनिधिसभातर्पm कूल मतदाता ७० हजार ६५१, खसेको मत ४९ हजार ९०६ र कूल सदर मत ४७ हजार ९८८ थियो भने प्रदेशसभा ‘क’ मा कूल मतदाता संख्या ३७ हजार ६४३, खसेको मत २६ हजार ४०६ र सदर मत २४ हजार ८१९ थियो ।

त्यस्तै ‘ख’मा कूल मतदाता संख्या ३३ हजार ८ खसेको मत २३ हजार ५ सय र सदर मत २२ हजार १ सय भएको निर्वाचन अधिकृत गंगाप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...