बैतडीमा समानुपातिकमा एमाले पहिलो

Eml

बैतडी । बैतडीमा प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा एमालेले २३ हजार ३२३ मत प्राप्त गरी पहिलो भएकोे छ ।

यसैगरी नेपाली काँग्रेसले २१ हजार २८५, नेकपा माओेवादी केन्द्रले ११ हजार २१२, राप्रपाले ४ हजार ८५० र विवेकशील साझा पार्टीले २७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ७४ हजार ७७५ मत खसेकामा १२ हजार ७५९ मत अर्थात् १७ प्रतिशत मत बदर भएको छ ।

यस्तै प्रदेशसभा क्षेत्र नं १ मा पनि एमालेले सबैभन्दा बढी ९ हजार ८७३ मत प्राप्त गरेको छ । काँग्रेसले नौ हजार ६६९, माओवादी केन्द्रले छ हजार ८१४, राप्रपाले एक हजार ९७८ र विवेकशील साझा पार्टीले ४२ मत प्राप्त गरेको प्रजिअ सिद्धराज जोशीले जानकारी दिए ।

प्रदेशसभा क्षेत्र नं १ मा समानुपातिकतर्फ ३७ हजार ९७९ मत खसेकामा नौ हजार ९४ मत बदर भएको छ । यसैगरी प्रदेशसभा क्षेत्र नं २ मा एमालेले सबैभन्दा बढी ११ हजार १९१ मत प्राप्त गरेको छ । काँग्रेसले ८ हजार ५९३, माओवादी केन्द्रले चार हजार ५६१ र राप्रपाले ३ हजार १७१ र विवेकशील साझाले ६८ मत प्राप्त गरेको छ । प्रदेशसभा क्षेत्र नं २ मा समानुपातिकतर्फ खसेको कूल ३६ हजार ७९६ मतमध्ये ८ हजार ८४२ मत बदर भएका छन् ।

प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीका प्रत्यक्षतर्फका सबै क्षेत्रमा वाम गठबन्धन विजयी भएको थियो । बैतडीमा पहिलो चरणअन्तर्गत मंसिर १० गते निर्वाचन भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...