क्यान्सर पिडित महिलालाई दलित एकता संजाल साउदीद्धारा आर्थिक सहयोग

Debendra

धनकुटा । श्रीमानको मृत्यु पश्चात् एकल जीवन बितारहनु भएकी क्यान्सर पिडित महिलालाई संजाल साउदिले आर्थिक सहयोग गरेको छ।

दुवै स्तन क्यान्सर भै उपचार गराइरहेकी धनकुटा बेलहाराकी विष्णु माया तिरुवालाई दलित एकता संजाल नेपाल साउदीले आर्थिक सहयोग गरेको हो।संजाल साउदिका अध्यक्ष रमेश लाम्गादे र सचिव देवेन्द्र विश्वकर्माको संयुक्त पहलमा ११ हजार ५ सय रुपैयाँ संकलन गरिएको थियो।

संकलित रकमबाट २ हजार बराबरको न्यानो कपडा र पोशिलो खाना र नगद ९ हजार ५ सय रुपैयाँ संजाल अन्तर्राष्ट्रिय समन्वय समितिका पुर्व कोषाध्यक्ष माधव शिवा र पुर्व उपसंयोजक पदम नेपालीले धरान स्थित घोपा क्याम्पमा गएर मंगलबार हस्तान्तरण गरिएको हो । संजाल साउदीका अध्यक्ष रमेश लाम्गादेले विरामिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

क्यानसर पिडीत बिष्णुलाई सहयो गर्ने सहयोगीहरु खिम श्रीपाली १ सय रियल, रमेश लाम्गादे ७० रियल ,देवेन्द्र विश्वकर्मा ५० रियल ,लोकेस रम्जाली ५० रीयल, नीर्दोस वि.क ५० रीयल, नीर बहादुर सुनार ५० रीयल, प्रमोद विश्वकर्मा ५० रीयल, इन्द्र मगर २० रियल सहयोग गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...