गुल्मीलाई सुखी र समृद्ध बनाइने : प्रदीप ज्ञवाली

Pradeep gyawali

गुल्मी । गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित प्रदीप ज्ञवालीले मुलुकलाई स्थिरता र समृद्धि दिन राष्ट्रिय राजनीतिमा केन्द्रित भएर गुल्मी जिल्लालाई सुखी र समृद्ध बनाउने आफ्नो जिम्मेवारी र दायित्व रहेको बताए ।

महत्वपूर्ण पूर्वाधारलाई सम्पन्न गर्दै कृषिको आधुनीकीकरण, पर्यटन विकास, युवा स्वरोजगारका कार्यक्रमसँगै जिल्लालाई नमूना बनाउनका निम्ति घोषणा गरिएका कार्यक्रमको थालनीसँगै पुराना कामलाई निरन्तरता दिइने बताए ।

नेपाली काँगे्रसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले जिल्लाको विकासका निम्ति आफू निरन्तर लागिपर्ने बताए । सदरमुकाम तम्घासमा नेपाल प्रेस युनियनले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा निर्वाचन पराजित भण्डारीले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा काँग्रेसको कमजोर देखिए पनि संविधानको कार्यान्वयनको चरणमा अहिलेको निर्वाचनमा जसले जीते हारे पनि जनताकै जीत भएको बताए ।

नेता भण्डारीले मुलुक राजनीतिक संकटको अन्त्य भएकाले देशलाई विकास र समृद्धिको बाटोतर्फ राजनीतिक दलहरु अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...