कास्कीमा सुन्तला उत्पादनमा कमी

Orange

पोखरा । यस वर्ष कास्कीमा सुन्तला उत्पादनमा कमी आएको छ ।

सुन्तला बगैँंचामा ह्रास, बोट सुक्दै जानु र मलजल तथा गोडमेलको कमीले उत्पादनमा ५ प्रतिशतले कमी आएको जिल्ला कृषि विकास कार्यालयका प्रचारप्रसार अधिकृत प्रकाश वस्ताकोटीले जानकारी दिए ।

गत वर्ष ६ हजार २ सय मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यसवर्ष ६ हजार मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएको छ ।

जिल्लामा १ हजार ३५० हेक्टर क्षेत्र सुन्तला उत्पादनशील भए पनि ७८० हेक्टरमा मात्रै सुन्तला खेती गरिएको छ । यस वर्ष सुन्तला प्रतिकिलो ५५ का दरले बिक्री भइरहेको छ । किसानले करिब ३ करोड ५० लाख आम्दानी गर्ने अनुमान गरिएको छ ।

जिल्लाका कृस्तिनाच्नेचौर, निर्मलपोखरी, पुम्दीभुम्दी, भरतपोखरी, थुम्की र सल्यानमा सुन्तला उत्पादन पर्याप्त मात्रामा हुने गर्दछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...