महोत्तरीका सञ्चारकर्मीले सहजरुपमा सूचना पाउन सकेनन्

महोत्तरी । महोत्तरीका सञ्चारकर्मीले सहज र सरल तरिकाले निर्वाचन सम्बन्धी सूचना पाउन नसकेको गुनासो गरेका छन् । 

जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको मिडिया सेन्टरमा मतगणनाका पूर्ण सूचना उपलब्ध गराउनकन्जुस्यायी गरिएको यहाँका सञ्चारकर्मीले जनाएका छन् ।

नेपाल टेलिभिजनमा कार्यरत पत्रकार राजीव रायले मिडिया सेन्टरमा कूल मतदान संख्या, सदर मत, बदर मत उल्लेख नगरिकन अधूरा समाचार सम्प्रेषण गर्दै आएको जनाए ।

मतगणना शुरु भएको २४ घण्टापछि नेपाल पत्रकार महासंघको पहलमा स्थापना भएको सो सेन्टरमा तत्कालै सूचना उपलब्ध नगराएका कारण आफूहरुले पुरानो सूचना स्रोता, दर्शकलाई दिन बाध्य हुनुपरेको उनको गुनासो थियो ।

यता महोत्तरीको गौशालास्थित रेडियो रुपान्तरणमा कार्यरत पत्रकार सुनिता महतोले सूचना पाउनु हरेक नागरिकको अधिकार भए पनि महोत्तरीका सञ्चारकर्मीले सुलभ रुपमा सूचना नपाउनु निन्दनीय कार्य रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...