मन्त्री थापाले मुगामा गरे मतदान

जिल्लाको विकासका लागि आफ्नो जित आवश्यक रहेको दावी

Sunitl thapa matadan

धनकुटा । उद्योग मन्त्री तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सुनीलबहादुर थापाले धनकुटाको पाख्रिवासमा मतदान गरेका छन् । थापाले पाख्रिवास नगरपालिका वडा नं. ८ मुगास्थित जागिर गाउँ मतदान केन्द्रबाट बिहान ७ बजेर २ मिनेटमा मतदान गरेका हुन् ।

मन्त्री थापाले मतदान गरेपछि जिल्लाबासीको मन जितेकाले आफु विजयी हुने दावी गरे । उनले मतदाताको उत्साह देखेर आफु पनि उत्साहि बनेको प्रतिक्रिया दिए । उनले बुधबार मात्रै आफ्ना प्रतिद्धन्द्धी राजेन्द्र राईले समेत जिल्लाको विकासका लागि आफ्नो जितको आवश्यक रहेको बताएकाले पनि योपटक भारी मतले विजयी बन्ने दावी गरे ।

त्यसैगरी प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार राजेन्द्र राईले पाख्रिवास नगरपालिका वडा नं. ७ स्थित सरस्वती प्रावि मतदान केन्द्रबाट बिहान ७ बजेर २० मिनेट जादा मतदान गरे । मतदानपछि राईले दोसो संविधानसभामा आफु पराजित भए पनि गत स्थानीय तहको निर्वाचनमा जनताले आफु र आफ्नो पार्टीलाई मतदान गरेकोले आफु विजयी हुने दावी गरे ।

त्यसैगरी बरिष्ठ साहित्यकार डा. झमककुमारी घिमिरेले धनकुटा नगरपालिका वडा नं. ६ स्थित बहुउदेश्य सामुदायीक भवन आँखा अस्पताल (क) केन्द्रमा मतदान गरिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...