विना कारण आफ्न कार्यकर्ता पक्राउ गरेकोमा आपत्ति

Rpp jhanda

धनकुटा । चिया खाइरहेका बेला आफ्ना कार्यकर्तालाई विना कारण एमालेका कार्यकर्ताले पक्राउ गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले आपत्ति जनाएको छ ।

एमालेका केही युवाहरुले राप्रपा (प्रजातान्त्रिक) का जिल्ला सदस्य राजकुमार राईलाई मंगलबार साँझ धनकुटाको कागते चोकबाट पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । उनीहरुले निर्वाचनका बेला पैसा बाढ्न लागेको आरोपमा पक्राउ गरेका थिए ।

व्यापारीसमेत समेत रहेका राईलाई १ लाख नगदसहित पक्राउ गरेको बताइएको छ । तर, राईले चिया खाइरहेका बेला गुण्डागर्दीको शैलीमा पक्राउ गरेर हार मानसिकताको व्यवहार देखाएको राप्रपा (प्रजातान्त्रिक) धनकुटाले जनाएको छ ।

‘चिया खाइरहेको बेला पक्राउ गरेर पैसा बाढ्न लागेको आरोप लगाउनु हास मानसिकताको उपज हो’ प्रतिनिधिसभाका उम्मेदवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री सुनीलबहादुर थापाले भने, ‘त्यसरी अपहरण शशैलीमा जसरी एमालेका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि दुव्र्यवहार गरे, त्यो निन्दनीय छ ।’

एमालेका कार्यकर्ताले पक्राउ गरेका राईले भने आफुले कसैलाई पैसा नबाढेको र चिया खाएर बसिरहेको बेला माक्स लगाएका युवाहरुले अपहरण शैलीमा आफुलाई पक्राउ गरेको बताए । उनले भने, ‘मलाई माक्स लगाएर आएका केही युवाहरुले राप्रपाको पैसा बाँढ्ने भन्दै धम्क्याउँदै पक्राउ गरे’ उनले भने, ‘म व्यापारी हुँ, मैले आफ्नो कारोवारका लागि बोकेको पैसालाई राप्रपाको पैसा बाढ्न हिडिस् भनेर पक्राउ गरे, त्यो शैली गलत हो ।’

यता जिल्ला प्रहरी कार्यालय धनकुटाले एमालेका युवाहरुले पक्राउ गरेर राईलाई बुझाएको र पैसाको विषयमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...