मन्त्रीलाई लक्षित गरी धनकुटामा बम विष्फोट

Sunil thapa 1

धनकुटा । उद्योग मन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा बम विष्फोट भएको छ ।

शुक्रबार धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकाको साप्तिङटार नजिक अज्ञात समुहले विहान साँढे ७ बजेतिर फक्सिङ खोला नजिक बम विष्फोट गराएको छ ।

मन्त्री थापा चुनावी अभियानका क्रममा साप्तिङटार जादै थिए । सो समुहले मन्त्रीलाई लक्षित गरी बम विष्फोट गराउने प्रयास गरेका थिए । उनीहरुले मन्त्री चढेको गाडीलाई लक्षित गरेको भए पनि मन्त्री सवार गाढी झण्डै ५ सय मिटर गाडी बढिसकेकाले कुनै क्षति भएन ।

तर, मन्त्री चढेको गाडी भन्दै अर्काे गाढीमा बम विष्फोट भएको छ ।

क्षतिको विवरण भने आउन बाँकी छ । साप्तिङटारमा आज प्रदेश नं. १ का प्रदेशसभा उम्मेदवार मनोहर नाराणण श्रेष्ठसहितको टोली पनि चुनावी कार्यक्रममा सहभागी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...