ओली र सिके राउत एउटै सिक्काका दुई पाटा : खाँण

Balkrishna khad

काठमाडौं । नेपाली कांग्रेसका निर्वाचन परिचालन मुल समितिका केन्द्रिय संयोजक बालकृष्ण खाँणले एमालेले पञ्चायती शैलीको राष्ट्रवादको मुद्दा उठाएको आरोप लगाएका छन् ।

संयोजक खाँणले राष्ट्रवादी आवरण दिने एमाले अध्यक्ष केपी शर्मा ओली र सिके राउत एउटै सिक्काका दुईवटा पाटा भएको समेत आरोप लगाए । उनले राष्ट्रवादको नाममा एमाले अध्यक्ष ओली र मधेश विखण्डनको कुरा गर्ने राउनबीच कुनै फरक नभएको दावी गरे ।

उनले विकास निर्माणका आयोजना निर्माण गर्न विदेसी कम्पनी आउँदा विरोध गर्ने, मुलुक समृद्ध बनाउन कुनै कार्यक्रम अघि सारेमा बिरोध गर्ने ओली राष्ट्रवादी नेता हुनै नसक्ने दाबी गरे ।

‘मधेशीहरुलाई गाली गर्दा उग्रवादीहरुलाई मद्दत पुग्छ, तराईको मुद्दापनि राष्ट्रय मुद्दा हो, यदि समयमै सम्बोधन गरेनौं भने विखण्डनको विउ रोपिन्छ’ आइतवार रिपोर्टर्स क्लवले आयोजना गरेको कार्यक्रममा खाँणले भने, ‘हिमाल, तराई र पहाडमा बस्ने सबै नेपालीहरु नै भएकोले सबैले आ–आफ्नो भुगोलको रक्षा गरेका छन्, त्यही भएर सबैलाई समान व्यवहार गर्न जान्नुपर्छ ।’

‘जनताले नै पञ्चायत सिध्याईदिए, त्यतिवेला राजा ज्ञानेन्द्रले पनि संविधानलाई उल्लंघन गरेर दलहरुलाई प्रहार गरे, दलहरुलाई अतिक्रमण गरेर सत्ता कब्जा गरेर राजा आफँै प्रधानमन्त्री बन्न खोज्दा उनी एक वर्षपनि टिकेनन्’ उनले भने, ‘राणा र पञ्चायतले पनि प्रजातन्त्र सिध्याउन सकेनन् कुनै दलले अधिनायकवादी शाषन ल्याउन सक्दैन ।’

उनले यो मुलुकमा एकदलीय शासन कहिल्यै पनि आउनै नसक्ने दावी गरे । उनले बापन्थी शक्तिको नाममा एकदलीय शाषन ल्याउन खोजिएको उनको आरोप थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...