तयारी नपुग्दा गच्छदार कांग्रेसमा जान रोकिए

Gachyadar 28

काठमाडौं । ‘घुमिफिरी रुम्जाटार’ भन्ने नेपाली उखानझै नेपाली कांग्रेसबाटै विभाजित बनेका विजयकुमार गच्छदार नेपाली काग्रेसमै फर्किने भएको थियो । तर, तयारी नपुग्दा उनको कांग्रेस फर्किने तत्काललाई रोकिएको छ ।

विभिन्न राजनीतिक दलहरुबीच कार्यगत एकता भइरहेका बेला आइतवार नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच साँझ साढे ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने एकता हुने भनिएको थियो ।

बिहान ८ बजेदेखि करिब ५ घण्टासम्म चलेको छलफल निष्कर्षविहीन भएपछि फोरम लोकतान्त्रिकका नेताहरु समानुपातिक तर्फको बन्दसूची बुझाएको छ । खासगरी गच्छदार नेपाली कांग्रेसमा फर्किन कुन तहमा फर्किने भन्ने टुंगो लाग्न नसक्दा एकता टरेको हो ।

स्रोतहरुका अनुसार उनले सभापति शेरबहादुर देउवापछिको वरियता मागेका छन् । तर वरियता क्रमपछि मिलाउने गरी उनी नेपाली कांग्रेससँग पार्टी एकता गर्न कांग्रेस नेताहरुले आग्रह गरेका थिए । तर, गच्छदारले नमानेपछि एकता रोकिएको थियो ।

एकता तत्काललाई टरेको भए पनि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता नगरुन्जेलसम्म सहमतिको प्रयास जारी राख्न भने दुबै दल सहमत छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...