विचार नमिले पनि प्रगतिशील शक्तिलाई सहयोग गर्छौँ : वैद्य

Mohan baidya

काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रगतिशील गणतान्त्रिक पक्षधरका उम्मेदवारलाई सहयोग गरिने बताए ।

पार्टीको यही असोज २२ देखि २६ गतेसम्म सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरु निर्वाचनमा सहभागी नभए पनि साम्राज्यवादविरुद्ध लडेका प्रगतिशील शक्तिलाई सहयोग गरिने स्पष्ट गरे ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच हुने एकतालाई दक्षिणपन्थीबीचको एकता भएको टिप्पणी गर्दै उनले नेकपा र राष्ट्रिय जनमोर्चासँग पार्टी एकता गर्नेबारेमा छलफल भइरहेको जानकारी दिए ।

उनीहरु र हामीबीच कैयौँ कुरा मिल्दैनन् । तैपनि सच्चा कम्युनिष्ट पार्टीबीच एकीकरण गरौँ भन्ने हो’ उनले भने ‘पार्टी एकता गर्ने प्रयास जारी नै रहेको छ ।’सम्मेलनले पार्टीको विधान परिमार्जन गर्दै महासचिव पद्धति अपनाउनाका साथै ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको सो पार्टीका नेता हरिभक्त कँडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...